सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।
वीरगन्ज भन्सार नाका प्रयोग गरीहुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो।
बिहीबार परम्परा अनुसार लक्ष्मीपूजासँगै दिपावली मनाउने तयारी गरिएको छ। गत वर्षको तुलनामा बजारमा कारोबार भने केही राम्रो भएको व्यापारीहरुले प्रतिक्रिया दिए।
२०७६ असार २ मा प्रकाशित राजपत्रको भाग ५ खण्ड ६९ को संख्या ११ को दफा ४ मा ‘पैठारीका लागि पूर्ण बन्देज लागेका बस्तु’ को सूची रहेको छ।
नेपालका सरोकारवालाहरूको उपस्थितिमा महावाणिज्यदूत नितेश कुमारले मंगलाबार बालिकालाई बुवाको जिम्मा लगाए। कुनै चेली पनि यसरी हराउने अवस्था नहराउने वतावरण बनाउन र हराइहाले सकुशल उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सबैको सहकार्य आवश्यक रहेको महावाणिज्य दूतावासका अधिकारीहरूले प्रतिक्रिया दिए।
मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिती गठन भएको समितिका सचिव डा.चन्दन बेनर्जीले जानकारी दिए।
कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।
पाल सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको १० दिनपछि निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न औपचारिक बाटो खुलको हो।
सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले यस्तो बताएका हुन्।
भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालवाहक रेल हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार वीरगन्ज सुख्खा बन्दरगाह आइपुगेको हो।
उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए।
महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बिहीबार महानगरपालिकाको नवौँ नगरसभामार्फत् महानगरले २०७८/०७९ का लागि महिला, जेष्ठनागरिक, असहाय नागरिक, दलित, बालबालिका लगायतका लागि विषेश कार्यक्रमसहित बजेट ल्याएको हो।
प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै पाँच जनालाई पक्राउ गरेको प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृत्यु हुनेमा जितपुर सिमराका दुई जना, महागढीमाई नगरपालिकाका दुई जना र बिश्रामपुर गाउँपालिकाका एक जना रहेको बारा प्रहरीले जनाएको छ।