१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एपिएफविरुद्ध आर्मीको जित

तेस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल विकाश क्षेत्र, सुदूरपश्चिमाञ्चल विकाश क्षेत्र र नेपाल पुलिस क्लबले बुधबार जित निकालेका छन्।

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

एपिएफले पाँचाैं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।

छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा

इलाममा विगत केही महिनायता छुर्पीको मूल्यमा आएको कमीका कारण किसान मारमा परेका छन्। जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन्। प्रतिमहिना ३ टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ।

कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयहरुमा खटाएको ९० प्रतिशत कर्मचारी अझै नआएपछि आक्रोश ब्यक्त गरेका छन्। मन्त्रालयहरुमा १० प्रतिशत मात्र कर्मचारी आएकाले कार्यालय ब्यवस्थापनमा निक्कै समस्या भएको भन्दै उनले छिटो हाजिर हुन आग्रह समेत गरेका छन्।

हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

पार्टी एकता प्रक्रियाले ठोस रुप लिएपछि सरकारमा जान्छौँ : महरा

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेकपा (एमाले) सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताएका छन्।

प्रहरीका सईले डिस्कोमा ‘पावर’ देखाएपछि...

मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

एपिएफलाई महिला भलिबलको उपाधि

चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

माधुरीको नाम अजयसँग जोडिएपछि...

आफ्नो मुस्कानको जादुले दुनियालाई मोहित पार्न सफल अभिनेत्री माधुरी दीक्षित एक पटक फेरि चर्चामा छिन्। माधुरीको एक, दुई, तीन भन्ने गीत फेरि ठुलो पर्दामा आउन लागेको छ। यो गीतमा ज्याकलिन फर्नाडेजले ठुम्का लगाउँदैछिन्।

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

लन्डनको थेम्स नदीमा दोस्रो विश्वयुद्धको दुईवटा बम भेटिएपछि सोमबार लन्डन सिटी विमानस्थलमा आउने र विमानस्थलबाट बाहिरिने सबै उडान रद्ध भएका छन् ।नपड्किएको आधा टन वजनका ती बम थेम्स नदीले बगाएर थुप्रिएको माटोमुनि गाडिएको अवस्थामा भेटिएपछि विमानस्थल बन्द गरिएको अधिकारीहरुले बताएका छन्

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।

दुई बिभागिय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुदै

दुई बिभागिय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको दोस्रो क्वार्टरफाईनलमा आइतबार (आज) आमने सामने हुदैछन् । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी

चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । न्यु डाइमन्डले २५–२०, २५–७, २५–१५ को जित हात पा¥यो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्