९ मंसिर २०८१ आइतबार
image/svg+xml

पर्साको पकहामैनपुरमा फोरम र जगरनाथपुरमा माओवादी

पर्साको दुई वटा गाउँपालिकाको मतगणनाको नतिजा शनिबार बिहान आए अनुसार पकहा मैनपुर गाउँपालिका प्रमुख र उपप्रमुख संघीय समाजवादी फोरम नेपालले जितेको छ भने जगरनाथपुर गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा फोरम विजयी भएको छ ।

पर्साको छिपहरमाइमा मओवादी केन्द्र विजयी

पर्सा छिपहरमाइ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएक छन्। अध्यक्षमा मनोज गुप्ता बिजयी भए।

पर्सागढी नगरपालिकामा काँग्रेस विजयी

पर्साको पर्सगढी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको तर्फाबाट मेयरका प्रत्यासी लोकनारायण यादव ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै विजयी भएका छन्।

पर्सामा राजपा फुट्यो

वीरगन्ज महानगरपालिकाको मेयरमा टिकटको राष्ट्रिय जनता पार्टीमा चलेको लामो रस्साकस्सीको अन्त गर्दै सो पार्टीले महामन्त्री तथा युवा नेता राजेसमान सिंह (श्रेष्ठ)लाई दिने भएको छ। मेयर आकांक्षी राजपा माहामन्त्री बिमल प्रसाद श्रीवास्तवले पार्टीबाट अलग हुँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव लड्ने भएका छन्। अरु पार्टीबाट भए पनि मेयर मै चुनाव लड्ने तयारीमा उनले दिउँसो सुरु गरेको वार्ता साझसम्ममा लोकतान्त्रिकसँगको सहमतिपछि टुंगिँदा राजपा पर्सामा स्पष्ट विभाजन देखिएको हो

पर्सा निकुञ्जमा बाघको संख्या बढ्यो

बस्ती स्थानान्तरणले मानवीय क्रियाकलापमा कमी आयो। पानीका स्रोतहरू सुरक्षित भए। यसको प्रभाव बाघको संख्यामा परेको हो।

पर्सामा बाढीले २ को मृत्यु ३ बेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले पर्सामा २ जनाको बगेर मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। यहाँका पचास बढी गाउँमा बाढी पसेको छ।

पर्सामा १० वर्षयताकै ठूलो बाढी

तिन दिनदेखिको अविरल वर्षाका कारण पर्साका विभिन्न नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन्। 'शुक्रबार रातिसम्म बाढी गाउँमा पुगेको थिएन, शनिबार बिहान झिसमिसेदेखि बढ्दै गएर बिहान आठ बजे बाढी गाउँमा पसेको हो, दर्जनौं घर डुबानमा छन्,' पर्सा, केहुनियाका अजमत मियाँले भने, 'करिब १० वर्षपछि यसरी पानी र बाढी आएको हो।'

प्रधानसेनापति पर्सामा

प्रधानसेनापति राजेन्द्र क्षत्री पर्सा पुगेका छन् । वीरगन्जमा रहेको बरख गणको निरीक्षण भ्रमणका लागि क्षत्री पर्सा पुगेका हुन् ।

पर्सा वन्यजन्तु आरक्ष रौतहटसम्मै विस्तार गर्न वनले थाल्यो पहल

एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।

पर्सामा व्यवसायिक तरकारी खेति बढ्यो

पर्सा जिल्लामा व्यावसायिक तरकारी खेति बढेको छ। यससँगै गर्मी यामको तरकारी उत्पादन पोहोरको तुलनामा बढेको छ । नगद र अन्न बालीभन्दा तुलनात्मक रुपमा बढी आम्दनी दिने हुँदा किसान तरकारी खेतीतर्फ बढी आकर्षित भएका हुन्।

पर्साको बागेश्वरी तित्रौनामा आगलगी, २३ घर जलेर नष्ट

पर्साको बागेश्वरी तित्रौना गाविसमा मंगलबार भीषण आगलागी हुँदा २३ वटा घर जलेर नष्ट भएका छन्। बागेश्वरी तित्रौना–१ मा दिउँसो करिब १ बजे भएको आगलगी हुँदा सो क्षति भएको पर्सा प्रहरीले जनाएको छ।

पर्सामा काँग्रेस सभापतिमा द्विवेदी निर्वाचित

पर्सामा नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशबाट पूर्व सभासद अजयकुमार द्विवेदी सभापतिमा निर्वाचित भएका छन्।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

पर्सा काँग्रेसको अधिवेशनः वर्चश्वको लडाइँ

नेपाली काँग्रेस पर्साको जिल्ला अधिवेश पार्टीको महाधिवेशन सकिएको ११ महिना बितिसक्दा पनि हुन सकेको छैन। स्थानीय नेताहरुले जिल्ला अघिवेशनलाई ‘वर्चश्व कायम गर्ने’ अवसरको रुपमा लिएपछि ३ पटक मिति तोकेर पनि पार्टीको जिल्ला अधिवेशन हुन नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्