२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रभावहीन बन्दै सतर्कता केन्द्र, चिठीकै भरमा रिपोर्ट

सार्वजनिक निकायमा हुने भ्रष्टाचार निवारण र नियन्त्रणका लागि काम गर्ने राष्ट्रिय सतर्कता केन्द्र पछिल्लो समय प्रभावहीन बन्दै गएको छ। केन्द्रमा परेका उजुरीमाथि गरिने अनुगमन तथा अनुसन्धान फितलो हुँदा काम प्रभावकारी बन्न नसकेको पछिल्लो तथ्यांकले देखाउँछ।

'रकम असुल्ने' सचिव सतर्कतामा सरुवा

कर्मचारीसँग रकम असुलेको आरोप लागेका सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ। आफ्नै मन्त्रालय मातहतका कर्मचारीसँग ‘घूस’ मागेको आरोपमा विवादमा तानिएका सचिव ठाकुरलाई सरकारले सोमबार सरुवा गरेको हो।

कृषि विश्वविद्यालयमा बेथिति : सतर्कता केन्द्रमा उजुरी

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथिति भएको दाबीसहित छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। नेतृत्वको गैरजिम्मेवारीका कारण विश्वविद्यालयमा बेथिति बढेको उजुरी हटलाइनमार्फत दर्ता भएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिए।

वीरगञ्जमा उच्च सुरक्षा सतर्कता

वीरगन्जमा भोलि बिहीबारदेखि सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह आएने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणका लागि उच्च सतर्कता

मुखर्जीको सुरक्षार्थ पहिलो घेरामा भारतीय सुरक्षाकर्मीकै टोली सिभिल पोशाकमा खटिएको हुन्छ भने त्यसपछिको सुरक्षा घेरामा क्रमशः नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछ। भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आएपछि हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम करिब तय भइसकेको छ । जानकी मन्दिरमा पूजापाठ र मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम राखिने तयारी भइरहेको छ।

भारतीय पक्षको अाग्रहमा कोशी ब्यारेजमा सुरक्षा सतर्कता

सप्तकोशी नदीको कोशी ब्यारेज मुस्लिम अतिवादी समूहको निसानामा परेको भन्दै भारतीय पक्षले पत्र पठाएपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। लस्करे तोइबा सहितका मुस्लिम अतिवादी समूहहरुले पूर्व—पश्चिम राजमार्गको कोशी ब्यारेजलाई निसाना बनाएको लिखित जानकारी भारतको सुपौल जिल्लाका डिएमले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारलाई गराएपछि सुरक्षा सतर्कता बढाइएको हो।

सतर्कताका लागि बाढी–पहिराेकाे सूचना अब माेबाइलमै पठाइने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा पूर्वसतर्कताका लागि साेमबारदेखि सूचना प्रवाहको व्यवस्था मिलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्