६ आश्विन २०८१ आइतबार
image/svg+xml

भट्टराईको टिप्पणीः फड्को मार्न नसक्ने बजेट

देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्।

बजेट वितरणमुखी

विभिन्न राजनीतिक दलका नेता तथा पूर्वअर्थमन्त्रीहरूले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक गरेको बजेट वितरणमुखी रहेको प्रतिक्रिया दिएका छन्।

समुन्नत समाज निर्माण गर्न पार्टी एकताः डा भट्टराई

दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उनले पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गरे।

‘अर्धनिद्रामा हाइ काढ्दै तयार पारे जस्तो’

पूर्वअर्थ तथा प्रधानमन्त्री बाबुराम भट्टराईले दक्ष अर्थमन्त्री भए पनि आगामी बजेटको सिद्धान्त र प्राथमिकता तोक्ने काम कर्मकाण्डी मात्र भएको आरोप लगाएका छन्। आर्थिक वर्ष ०७६/७७ को बजेटका सिद्धान्त र प्राथमिकताबारे संघीय संसद्मा आइतबार बोल्दै भट्टराईले विद्वान र दक्ष अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिद्रामा हाइ काढ्दै तयार पारे जस्तो देखिएको बताए।

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन बाबुरामकाे सुझाव

दिगो विकास र सामाजिक न्यायमा आधारित अर्थनीति अख्तियार गर्न पनि जरुरी रहेको भन्दै उनले संसदको अर्थसमितिले बजेटका सम्बन्धमा बुझाएको प्रतिवेदनका विषयलाई पनि समावेश गर्न आग्रह गरे। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने विषय सकारात्मक रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले संघीयता कार्यान्वयन सकारात्मक भए पनि सन्तुलित बनाइनुपर्ने आवश्यकतामा जोड दिए।

'बाबुराममा फ्रस्ट्रेसन देखियो'

नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका छन्।

समाजवादी पार्टीका पाँच निर्णय, एकता लागि अन्य दलसँग वार्ता समिति गठन

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको बैठकले पार्टी एकतापछिको समायोजन कार्यदल बनाएको बनाएको छ।

सार्वजनिक खरिद ऐन संशोधन तयारी

डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे। पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गरे।

उपेन्द्र यादवले बाबुराम भट्टराईलाई सपथ खुवाए

नवगठित समाजवादी पार्टी, नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

फोरम र नयाँ शक्तिको नौं बुँदे सहमतिपत्रमा के छ ?

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको छ। सोमबार प्रज्ञा भवनमा भएको कार्यक्रममा नाैं बुँदे सहमतिसहित एकता भएको हो। अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नौं बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्याे समाजवादी पार्टी नेपाल

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ।

बाबुरामको सरकार यात्रा कि उपेन्द्रको बहिर्गमन ?

केही साताअघि दुई दलबीच एकताको विषलाई लिएर भएको छलफलमा फोरमले सरकार छोड्नुपर्ने प्रस्ताव भट्टराई नेतृत्वको नयाँ शक्तिले गरेको थियो। तर यादवले एकतापछि निर्णय गर्ने बताएपछि एकताबारे सकरात्मक छलफल अघि बढेपछि एकताको मिति टुंगो लागेको हो।

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ।

‘सीके राउतलाई काखी च्याप्ने र विप्लव तथा रेशम चौधरीलाई विभेद गर्न मिल्दैन्’

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

‘बालुवाटार जग्गाको गम्भीरतापूर्वक छानविन होस्, दोषी ठहरिए दण्ड भोग्न तयार छु’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्। सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्। नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्