२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ताथलीका युवाद्वारा ‘मास्क, साबुन र सेनिटाइजर’ अभियान

नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि युवाहरुले घरघरमा पुगेर मास्क, साबुन र सेनिटाइजर वितरण गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेका छन्।

सानो भर्‍याङमा नक्कली उद्योग खडा गरेर सेनिटाइजर र कस्मेटिक सामान उत्पादन

काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी सेनिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ।

प्रहरीलाई उद्योग वाणिज्य संघको मास्क र सेनिटाइजर

उद्योग वाणिज्य संघ खोटाङले मध्यपहाडी लोकमार्ग आसपासमा रहेका प्रहरीचौकीका प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान गरेको छ।

वडा कार्यालयले वितरण गर्‍यो संक्रमितलाई मास्क र सेनिटाइजर

कोभिड–१९ बाट संक्रमण पुष्टि भएपछि हाल होमआइसोलेसनमा बसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको हो।

इटहरीका प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण

नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति सुनसरीले इटहरी उपमहानगरपालिकाका प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण गरिने भएको छ।

१०३ प्रतिशतभन्दा बढी नाफा लिएर सेनिटाइजर बेच्नेलाई २ लाख जरिवाना

विविता सर्जिकल हाउस(थोक बिक्रेता)ले अस्वभाविक नाफा (खरिद मूल्यभन्दा १०३% भन्दा बढी) गरेको र उक्त कार्य उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिमको कसुर ठहरिने जनाउादै सो फर्मलाई रू. दुई लाख जरिवाना गरिएको मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाइँले बताए।

यी हुन् छुनै नहुँने गुणस्तरहीन १७ कम्पनीका सेनिटाइजर

हालसम्म १७ वटा सेनिटाइजर कम्पनीहरुलाई विभागले कारबाही गरिसकेको छ।

प्रतिवन्ध लगाइएका थप चार कम्पनीका सेनिटाइजर कुन कुन हुन् ?

औषधी व्यवस्था विभागद्वारा बजारमा बिक्री बितरण भइरहेको चार प्रकारका सेनिटाइजर प्रयोग र उत्पादनमा रोक लगाएको छ। बुधवार एक सूचना जारी बजारमा बिक्री बितरण भइरहेका चार कम्पनीहरु ओपेकल ननवासिङ एन्टिायोटिकल सोलुशन, सासा इन्ट्यान्ट ह्याण्ड सेनिटाइजर, पामाकेयर इन्टल ह्याण्ड सेनिटाइजर र युनिकेयर नामका सेनिटाइजर उपभोक्तालाई प्रयोग नगर्न सुझाव दिएको छ।

सेनिटाइजरमा विषाक्त मिसाउने पाँच कम्पनीलाई कारबाही सिफारिस

औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त पदार्थ मिसाइएको भन्दै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ। काठमाडौका चार कम्पनी र भक्तपुरको एक कम्पनीलाई कारवाही जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको हो।

छालामा सेनिटाइजरको जोखिम

सेनिटाइजरको प्रयोगका फाइदा हुँदाहुँदै पनि यसले छालामा असर गर्ने चिकित्सक बताउँछन्। सेनिटाइजरको प्रयोगले छाला सुख्खा हुने, खस्रो हुने, चिलाउने, रातो हुनेजस्ता समस्या हुन सक्छन्। सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. रविन्द्र शर्मा सेनिटाइजरको प्रयोगले छालामा फोका आउने, कत्ला हुने जस्ता समस्याको जोखिम हुने बताउँछन्। यस्तो अवस्थामा कन्याउँदा घाउ भई छालामा संक्रमणको जोखिम त्यत्तिकै हुन्छ।

अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा

अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याइएको छ । सचियामाइम्पेक्सले कोरोना सुरक्षाको लागि अटोमेटिक ह्याण्ड सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको हो ।

पश्चिमाञ्चल अस्पतालमा स्वचालित सेनिटाइजर टनेल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा   स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ।

भक्तपुरमा नक्कली सेनिटाइजर !

भक्तपुरमा बजार अनुगमनका क्रममा कोरोना भाइरस (कोभिड-१९) हातबाट सर्न नदिन प्रयोग गर्ने सेनिटाइजर नक्कली भएको आंशकामा सम्बन्धित कम्पनीलाई हाजिर हुन दिर्नेशन दिएको छ। भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गर्ने क्रममा नयाँं निस्केको सेनिटाइजर जेल नभएको र लगाउँंदा तुरुन्त सुक्नुपर्नेमा त्यस्तो नभएको पाइएपछि सम्बन्धित कम्पनीलाई नगरपालिकामा हाजिर हुन निर्देशन गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्