५ आश्विन २०८१ शनिबार
image/svg+xml

साझा प्रकाशनका अध्यक्ष शर्मासहित चार सदस्यद्वारा राजीनामा

साझा प्रकाशनको अनियमिमतामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मासहित चार जना मनोनित सदस्यले शिक्षा मन्त्रीसमक्ष राजिनामा बुझाएका छन्। साझामा भएको अनियमितता छानबिनका लागि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यक्ष शर्मासहित सञ्चालक समितिलाई हटाउन सिफारिस गरेपछि अध्यक्ष शर्मासहित मनोनित सदस्यहर दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरी बरालले राजिनामा दिएका हुन्। सात सदस्यीय साझा सञ्चालन समतिमा निर्वाचित सदस्यका रुपमा पूर्व सभासद विजय सुब्बा, हरिहर खनाल तथा जिवनचन्द्र कोइराला रहेका छन्।

साझा प्रकाशनमा अनियमितता, लेखा समितिले माग्यो कागजपत्र

संसद्को सार्वजनिक लेखा समितिले साझा प्रकाशनमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ। समितिले यसका लागि साझालाई विभिन्न समयमा उसले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ।

साझा प्रकाशनमा अनियमितता : शर्मा लेखा समितिमा डाकिए

साझा प्रकाशनमा भइरहेको अनियमितताबारे छानबिन गर्न शिक्षा मन्त्रालयले गठन गरेको समितिका सदस्य भोलानाथ पौडेललाई हटाएको छ। छानबिन समितिको सदस्य भएपछि पत्नीलाई साझामा जागिर लगाइदिएको समाचार सार्वजनिक भएपछि उनलाई हटाइएको हो।

साझा प्रकाशनमा अनियमितता : छानबिन प्रभावित पार्न सदस्यकी पत्नीलाई जागिर

साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन्।

साझा प्रकाशनमा शर्माको 'मनपरी'

नेपाली भाषासाहित्यको मानकका रूपमा रहेको १ सय ५ वर्ष पुरानो संस्था साझा प्रकाशन यतिबेला केही व्यक्तिको निजी स्वार्थ साधनाको थलो बनेको छ। त्यसैले, अब साझा सबैको साझा रहेन।

बिएस्सीको परीक्षाफल प्रकाशन

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय

सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो ।

साझा प्रकाशनको जग्गा लिलामी रोक्न प्रधानमन्त्रीको निर्देशन

-प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन्। ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा साेमबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई सो निर्देशन दिएका हुन्।

बिबिएसको परीक्षाफल प्रकाशन

काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डको परीक्षा संचालक समीतिको बैठकले सोमबार कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन गरेको छ।

विभत्स तस्बिर प्रकाशन नगर्न काउन्सिलको आग्रह

काठमाडौं- प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा विभत्स तस्बिर संप्रेषण नगर्न आग्रह गरेको छ।

हिमाल साउथ एशियनको प्रकाशन स्थगित

नेपालबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय म्यागेजिन हिमाल साउथ एशियाको प्रकाशन स्थगित भएको छ। म्यागेजिनको सञ्चालक संस्था साउथ एशिया ट्रस्टले बुधबार पत्रिका प्रकाशन बन्द गर्ने निर्णय गरेको हो।

परीक्षाफल प्रकाशन

काडठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७१ को (सोधपत्रबाहेक) ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ। रासस

साझा प्रकाशनको बेथिति : सेवासुविधाविनै अवकाश

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रकाशनका २२ अधिकृतलाई जालझेल गरी पारिश्रमिक र सेवासुविधाविनै अवकाश दिएको भन्दै अधिकृतहरु विरोधमा उत्रेका छन्।

प्राविधिक एसएलसीको नतिजा प्रकाशन

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार दिउँसो प्राविधिक धार तर्फको एसएलसीको नतिजा प्रकाशीत गरेको छ। नियमित र इक्जाम्टेड गरी कुल ३ हजार २ सय २६ विद्यार्थी सहभागित रहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्