२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डको परीक्षा संचालक समीतिको बैठकले सोमबार कक्षा १२ को ब्यवस्थापन,मानविकी र शिक्षा संकायको नतिजा प्रकाशन गरेको छ।

नियमीत तर्फ यस वर्ष तीनै संकायमा कुल १ लाख ७५ हजार ५ सय ९३ ले परीक्षा दिएकोमा ८४ हजार ५ सय ९३ उत्तीर्ण भएका छन्। यो कुल नियमीतको ४८.१७ प्रतिशत पास भएका  हुन्। गत वर्ष ३९.९९ प्रतिशत मात्र पास भएका थिए। परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार आंसिक तर्फ १ लाख २३ हजार १ सय ८१ सहभागि रहेकोमा ३९.५९ प्रतिशत पास भएका छन्। गत वर्ष आंशिक तर्फ ३२.४९ प्रतिशत मात्र थिए।

‘शिक्षा सचिव शान्ताबहादुर श्रेष्ठको अध्यक्षतामा परीक्षा संचालक समीतिको बैठकले नतिजा प्रकाशित गरेको हो,’नियन्त्रक अर्यालले भने‘एक विषयमा फेल भएका विद्यार्थीहरुको मौका परीक्षा कात्तिक ६ गते संचालन गरिने छ।’उनले थपे‘पुनर्योगको नतिजा समेत कत्तिक ५ गतेभित्र प्रकाशित गर्ने बोर्डको तयारी छ।’बोर्डले यस अघि विज्ञान संकाय तर्फको नतिजा प्रकाशित गरिसकेको छ।

प्रकाशित: २७ भाद्र २०७३ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App