३ असार २०८१ सोमबार
image/svg+xml

छात्रालाई स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ ।

कलाकार जोगेन्दरद्वारा छात्रालाई स्यानेटरी प्याड

जोगेन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन्। बरहथवा नगरपालिकास्थित सरस्वती माविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन्।

एसिड प्रहारबाट घाइते छात्रालाई थप उपचारको लागि काठमाडौं लगियो

छात्रा सोही बाटो भएर दैनिक विद्यालय जाने गरेको जानकारी राखेका ति युवाले मौका छोपी एसिड आक्रमण गरेका हुन। विद्यालय पोषाकमा नै रहेको अवस्थामा छात्रामाथि एसिड प्रहर भएको हो।

विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ।

मुख्यमन्त्रीद्वारा साइकल वितरण

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन्।

विद्यालयमा छात्राको सँख्या बढाउन अभिभावकलाई तेल उपहार

नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ। नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो।

छात्रछात्रालाई स्कुटर र साइकल

छात्राहरू शिक्षित भए मात्रै समाज र राष्ट्र शिक्षित बन्ने उल्लेख गर्दै उनले प्रदेश सरकार छात्राहरूलाई शिक्षित बनाउने अभियानमा लागेको दाबी गरे।

विद्यालयमै निःशुल्क सेनेटरी प्याड

जिल्लाको सुनकोसी गाउँपालिका–५ मुलखर्कस्थित चौतारा माध्यमिक विद्यालयले छात्राहरू महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरेको छ। महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने क्रम बढ्दै गएपछि त्यसलाई रोक्न विद्यालयमै सेनेटरी प्याड वितरणको व्यवस्था गरिएको हो। सुनकोसी–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ।

छात्रालाई रजस्वला स्वच्छता र शिक्षाबारे प्रशिक्षण

जिल्लाको पनौती नगरपालिकामा छात्राहरुलाई रजस्वला स्वच्छता र शिक्षा तालिम प्रदान गरिएको छ। ‘वीमन लिड’ नामक संस्थाले पनौती २ स्थित कुशादेवी माध्यामिक विद्यालयमा एक सयभन्दा बढी छात्रा तथा ५ जना शिक्षिकालाई रजस्वला स्वच्छता र त्यसका अभ्यास र प्रभावबारे प्रशिक्षण दिइएको थियो।

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। पालिका क्षेत्रअन्तर्गतका तीनवटा सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत २५३ छात्रालाई एक समारोहबीच सोमवार निःशुल्क साइकल प्रदान गरिएको हो। गाउँपालिकामा रहेका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया, संस्कृत माध्यमिक विद्यालय मत्सरी र आधारभुत विद्यालय पचरुखीका छात्राहरुलाई निःशुल्क साइकल उपहार प्रदान गरिएको गाउँपालिका प्रमुख अरुण साहले जानकारी गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्