१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

छात्रछात्रालाई स्कुटर र साइकल

बारा – प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले अपांगता भएका एक दलित छात्रलाई तीनपांग्र्रे स्कुटर र ७५ जना छात्रालाई साइकल वितरण गरेका छन्। वीरगन्जस्थित त्रिभुवन हनुमान मावि कक्षा ६ मा पढ्ने फेटा गाउँपालिका–१ त्रिवेणीका राजकपुर दासलाई स्कुटर दिइएको हो।

त्यसैगरी बारा–४ प्रदेश ‘ख’मा रहेका सामुदायिक मावि र निमाविमा अध्ययरत छात्राहरूलाई मन्त्री सोनलले साइकल वितरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले सन्तुलित विकासका लागि भौतिक विकासका साथै मानवीय विकास आवश्यक रहेको र यसका लागि गाउँघरमा रहेका छात्राहरू शिक्षित हुनु जरुरी रहेको बताए।

छात्राहरू शिक्षित भए मात्रै समाज र राष्ट्र शिक्षित बन्ने उल्लेख गर्दै उनले प्रदेश सरकार छात्राहरूलाई शिक्षित बनाउने अभियानमा लागेको दाबी गरे।

प्रकाशित: २३ असार २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App