१० माघ २०७७ शनिबार

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले यसकारण आत्तिन पर्दैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिन नपर्ने बताएका छन्।

राजसंस्था नहुँदा विदेशीको चलखेल तीव्र रुपमा बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था नहुँदा देशमा विदेशीको चलखेल तीव्र रुपमा बढेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था नहुँदा देश अभिभावकविहीन बनेपछि विदेशीको चलखेल बढेको बताएका हुन्।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन गर्ने भएको छ।

प्रजातन्त्रसहितको राजसंस्था

नेपालमात्र एक देश हो जहाँ राजा र जनता मिलेर देशलाई विभिन्न संकटबाट बचाउँदै आएका फरक उदाहरण पाइन्छ।

राजसंस्थाको माग गर्दै सत्याग्रह

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकामा आइतबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन ।

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि लड्छौंः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि लडाई लड्ने बताएका छन्।

स्यालहरु चिच्याउँदैमा चिहान पुगिसकेको ‘राजसंस्था’ व्युतिँदैनः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको कुरा फेरि नफर्किने बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउछु भन्ने नसोचे हुन्छः प्रधानमन्त्री ओली

'ति शक्तिहरु जिउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ। यो बेमौसमी बाजा नबजाए हुन्थ्यो।’

अर्को निर्वाचनबाट सरकारमा बस्न मन छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउँछु भन्नु वेमौशमी बाजा भएको बताएका छन्। संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यो सरकार जनताको फ्रस्ट्रेसनमाथी टेकेर नबनेको बताउँदै यसको संघर्ष र बलिदनाको इतिहास भएको प्रष्टए।

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।

किन चाहियो राजसंस्था ?

नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीक आवश्यक छ र त्यसका लागि हाम्रो इतिहासले राजतन्त्र नै अगाडि सार्छ।

राजसंस्थासहितको लोकतन्त्र उपयुक्त(भिडियो)

राजादेखि विप्लव माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास अहिलेको आवश्यकता हो र देशले भोग्नुपरेको संकटको समाधान हो।

राजसंस्थासहितको लोकतन्त्र चाहिन्छ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश टुक्र्याउनुपर्छ भनेर आवाज उठाउने समूहलाई सरकारले केही गर्न नसकेको आरोप लगाएका छन्। देश टुक्र्याउने समूह सक्रिय हुँदा एकातिर राजनीतिक संकट निम्तिएको र अर्कातिर विदेशी चलखेल बढेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्