२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

चितवनको तीव्र सुरुवात: पावरप्लेमा २ विकेट गुमाएर ५७ रन

काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले आक्रामक सुरुवात गर्दै पावरप्लेमा २ विकेट गुमाएर ५७ रन जोडेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलको २० औं खेलमा चितवनले ६.४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ५९ रन बनाएको छ। चितवनलाई जितका लागि अब बाँकी ८० बलमा १२२ रन आवश्यक छ। हाल क्रिजमा ड्यान मौसले ४ रन र रवि बोपारा १ रन बनाएर अविजित छन्।

चितवनका लागि ओपनरद्वयले आक्रामक सुरुवात दिलाएका थिए। विष्फोटक ब्याटिङ गरेका कामिल मिशाराले मात्र ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए। उनी ५.२ ओभरमा सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट भए।

यसअघि अर्का ओपनर अर्जुन साउदले २१ बलमा ४ चौकासहित २३ रन जोडे। उनलाई ४.६ ओभरमा सन्तोष यादवले बोल्ड गरेका थिए। चितवनले ५.१ ओभरमा ५० रन पूरा गरेको थियो।

काठमाडौं गोर्खाजका लागि बलिङतर्फ सन्तोष यादवले १.३ ओभरमा ९ रन दिएर १ विकेट र सहन अराचिगेले १ ओभरमा ९ रन खर्चेर १ विकेट लिए। यस्तै जहान्दाद खानले २ ओभरमा १४ रन र करण केसीले २ ओभरमा २६ रन खर्चिए। चितवनले अतिरिक्त २ रन पाएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App