१० मंसिर २०८१ सोमबार
image/svg+xml

संखुवासभा : सम्भावना बोकेका पर्यटकीय स्थल (फोटो फिचर)

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन्। भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ।

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

दश घर पहिरोको उच्च जोखिममा

संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका ४ सेकाहामा पर्ने च्यानडाँडाका १० घर पहिरोको उच्च जोखिममा परेका छन्।

अरुण ३ मा मजदुरको मृत्यु, काम ठप्प

संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अरुण पीडित भन्छन्, 'विकास त भयाे क्षतिपूर्ति पाइएन'

अरुण तेस्रो जलविद्युत परियोजना मुलुककै समृद्धीको मुख्य मेरुदण्ड हो। भारतीय सतलज कम्पनीले संखुवासभामा निर्माण गरिरहेको परियोजना निर्माण सम्झौता अनुसार सन् २०२२ सम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ।

संखुवासभामा कांग्रेसको विरोधसभा शान्तिपूर्ण

नेपाली कांग्रेस संखुवासभाले गरेको सरकार विरुद्धको विरोध र्‍याली प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कांग्रेसले गरेको देशव्यापी विरोध अन्तर्गत संखुवासभा कांग्रेसले मंगलबार विरोध र्‍यालीमा प्रदर्शन गरेको हो।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

‘संखुवासभा प्रदेशकै धनी जिल्ला’

सिंचाई राज्यमन्त्री अमरसिंह पुनले संखुवासभा प्रदेश नम्बर १ कै धनि जिल्ला हुने बताएका छन्। सदरमुकाम खाँदबारीमा नेपाल प्रेश युनियनले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले जोगवनी–किमाथांका सडक खण्ड जिल्लासंग जोडिए जिल्ला प्रदेशकै धनी  हुने बताएका हुन।

संखुवासभामा ९५ प्रतिशत साक्षर

संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ। अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो।

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

जिल्लामा दुई जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन्। निर्वाचित भएका दुई जना सांसदले मात्रै चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए। मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको चुनावमा २७ जनाले उम्मेदवारी दिएका थिए।

दशक पछि संखुवासभा 'लालकिल्ला'

संखुवासभाको मतगणना सोमबार साँझ सम्पन्न भएको छ। १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको संखुवासभामा बाम गठबन्धनका उम्मेदवारहरुले विजय हाँसिल गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाका दुई वटै निर्वाचन क्षेत्र बाम गठबन्धनका उम्मेदवारहरुले जीते पछि दशक पछि संखुवासभा पुन: लालकिल्ला स्थापित भएको छ।

संखुवासभामा एमालेका राजेन्द्र गौतम विजयी

संखुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका राजेन्द्र प्रसाद गौतम विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन्।

संखुवासभामा पुनः मतगणना सुरु

दुई दुई पटक स्थगित भएको संखुवासभाको मत गणना पुनः सुरु भएको छ। सोमबार बिहान ५ बजेबाट स्थगित गरिएिको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ अन्तर्गतको मतगणना स्थगित भएको थियो। नेपाली कांग्रेसका प्रतिनिधि नभएको बेला मत पेटिका खोलिएको आरोपका कारण प्रदेश ‘क’ को विवाद चुलिएको हो भने प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका प्रतिनिधि मतपेटिका राखिएको स्थानको ताला चावी लिएर मतगणना स्थलबाट बाहिरिए पछि मतगणना स्थगित भएको थियो । मत गणना सुचारु गर्ने दलहरुको  सहमति भएपछि ६ घण्टा पछि सुरु भएको हो ।

संखुवासभामा वाम गठबन्धनको अग्रता

जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।  अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्