८ वैशाख २०८१ शनिबार

अस्थिर सरकारको किम्बदन्ती

पृथ्वीनारायण शाहको पालामा राजधानी सहरको छनोट गर्नुपूर्व ग्रह गोचरको अध्ययन गरी ज्योतिष हिसाबकिताबबाट कान्तिपुरमा राजधानी बसालेको खण्डमा मन्त्रीहरूलाई अनिष्ट हुन्छ भन्ने भविष्यवाणी सही नै हो कि भन्ने अवश्य लाग्छ होला सबैलाई।

सत्ता स्वार्थले सधैं तुहिएको जनमत

मुलुकमा कुनै पनि राजनीतिक परिवर्तनपछि जनताले राजनीतिक स्थिरता र विकासको चाहना राख्ने गरेका छन्। राजनीतिक परिवर्तनपछि भएको आमनिर्वाचनबाट जनताले स्थिर सरकार गठनका लागि अभिमत प्रकट गर्दै आएका छन्। २००७ सालको राजनीतिक परिवर्तनपछि जनचाहना अनुसार आर्थिक विकास र समृद्धि त भएन नै, उल्टै सत्तारुढ दलभित्रको कलहले कुनै पनि सरकार पाँच वर्षसम्म टिक्न सकेका छैनन्।

अकर्मण्यताको अवधि

स्थिर सरकार बनेपछि विकास निर्माण सहज हुन्छ, सरकारले राम्ररी काम गर्छ र मुलुकले समृद्धि मार्गमा अग्रसर हुने मौका पाउँछ भन्ने आशा मृगमरीचिका बन्न पुगेको छ। सत्ता स्वार्थले आक्रान्त अहिलेको राजनीति फेरि उही पुरानै गुट, फुट र विभाजनको राजनीतितर्फ अग्रसर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्