१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग

प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

भारतमा ‘मम’लाई साढे २ सय करोडको ब्राण्ड बनाउने नेपाली युवा

उत्तर भारतका नेपालसँग जोडिएका प्रान्तहरु पश्चिम बंगाल, विहार र उतरप्रदेश मात्र होइन दक्षिण भारतका प्रान्तहरुका सबै सहरहरुसम्म यतिखेर ‘मम’को एउटा ब्राण्ड सुविख्यात हुँदैछ । ‘वाउ मम’ को ‘आउटलेट’ अनिवार्य जस्तै भएको छ, स्तरीय सहरहरुमा । एकजना नेपाली युवा उद्यमी विनोद हुमागाईले स्थापित गरेको यो ब्राण्ड मोमोका लागि भारतमा सर्वाधिक लोकप्रिय ब्राण्ड बन्न गएको छ ।

नक्कली ब्राण्डको डम्पिङ हुनबाट बचाउनु पर्छ

विगत पाँच/सात वर्षदेखि नेपाली वैदेशिक रोजगार, अध्ययनका लागि विदेश आउने जाने क्रम चलिरहेको छ। यसले गर्दा अहिले नेपालीलाई ब्राण्डेड सामग्री प्रयोग गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ। अहिले उपभोक्ताले टिकाउ हुने चिज किन्न चाहान्छ। तुरुन्त डिस्कलर नहोस्। फिटिङ राम्रो होस्। आफ्नो व्यक्तित्व झल्काउनका लागि पनि ब्राण्डेड सामान रोजाईमा परेको छ। नेपालीहरुमा ब्राण्डेड सामान लगाउने लहर नै चलेकाले बजार पनि दिनानुदिन बढिरहेको छ।

शृंखला वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिनेछ।

सन्दिपलार्इ कार उपहार, सिप्रदीको ब्राण्ड एम्बेसडर

भर्खरै मात्र इण्डियन प्रिमियर लिग क्रिकेट खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दिप लामिछाने सिप्रदी ट्रेडिङ प्रालीको ब्राण्ड एम्बेसडर भएका छन्।

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

राजधानीको सोल्टी क्राउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले ‘इमर्जिङ ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ। डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य सीइओ अफ द इयर २०१७ को आवार्ड पाएका छन्।

सिटिजन लाइफको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अनुवन्धित भएका छन्। मह जोडीसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले उक्त सम्झौतामा हस्ताक्षर गरे।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मह जोडीलाइ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सम्झौतापत्रमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

जाडोमा सिजीका नयाँ ब्राण्ड

काठमाडौं- जाडोलाई ध्यानमा राख्दै सि.जी. ब्राण्डले न्यानोपनको आभास दिने विभिन्न घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ। सि.जी. ले हालै विभिन्न मोडलका ग्याँस गिजर, रुम हिटर, हट पट, इलेक्ट्रिक केट्ली, वाटर हिटर, फेन हिटर लगायतका सामाग्रीहरु बजारमा ल्याएको हो।

अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिप लबिम मलमा

अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिपले आफ्नो शोरुम ललितपुरको लबिम मल पसल नं. ००८ मा संचालन गर्ने  भएको छ । १९८९ मा संचालनमा आएको यस ब्राण्डले पुरुषहरुको लागि आवश्यक पर्ने पोशाक, जुत्ता, बेल्ट लगायतका अन्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ । यो ब्राण्ड भारत लगायत अन्य मुलुकहरुमा अधिक रुचाइएको ब्राण्ड हो ।

ब्राण्डेड कपडा शोरुम अब मैतीदेवीमा

ब्राण्डेड लेडिज कपडाहरुको विक्रेता आरपी ग्रुपले आफ्नो सेवा मैतिदेवीमा संचालनमा ल्याएको छ। आफ्नो सेवाहरु विस्तार गर्ने क्रममा ग्रहकवर्गको सुविधालाई ध्यानमा राखेर आरपी ग्रुपले आफ्नो फेशन स्टोर नामक आउटलेट मैतिदेवीमा संचालनमा ल्याएको बजार व्यवस्थापक रोशन भण्डारीले बताए।

‘ओप्पो’टप ग्लोबल ब्राण्ड घोषित

ईन्टरनेशनल डाटा ग्रुप (आईडीजी) आयोजित लास भेगास एनुअल कन्जुमर ईलेक्ट्रोनिक्स शो (सीईएस) अन्तर्गतको एक समारोहमा ओप्पोलाई दूई ओटा उपाधीद्वारा सम्मानित गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्