१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्दिपलार्इ कार उपहार, सिप्रदीको ब्राण्ड एम्बेसडर

काठमाडौँ –  भर्खरै मात्र इण्डियन प्रिमियर लिग क्रिकेट खेलेर नेपाल फर्केका युवा खेलाडी सन्दिप लामिछाने सिप्रदी ट्रेडिङ प्रालीकाे ब्राण्ड एम्बेसडर भएका छन्। 

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्र्रालीले तीन वर्षका लागि लामिछानेलाई एम्बेसडर घोषणा गरेको हो। 

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका उनलाई सिप्रदीले एम्बेसडर घोषणा गर्दै टाटा मोटर्सको टिगोर कार उपहार दिने भएको छ। 

दिल्ली डेयर डेभिल्सबाट आइपिएल खेलेको उनले अन्तिम तीन खेल खेल्दै पाँच विकेट लिएका थिए । 

 

प्रकाशित: ९ जेष्ठ २०७५ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App