४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रसुवागढी र सान्जेनको आइपिओ बिक्रीबाट तीन अर्ब १७ करोड संकलन

रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) बिक्रीबाट तीन अर्ब १७ करोड संकलन भएको छ। दुवै कम्पनीका लागि ६ लाख ११ हजारले आवेदन दिएका थिए। सान्जेनका लागि तीन लाख चार हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट एक अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ।

रसुवागढी र सान्जेनले साधारण सेयर जारी गर्ने

रसुवामा निर्माण भइरहेका तीनवटा जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएका छन्। एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गर्ने रसुवागढी हाइड्रोपावर कम्पनीका साथै सान्जेन र माथिल्लो सान्जेन निर्माण गर्ने सान्जेन हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गर्न लागेका हुन्।

भैरवकुण्डले ३१ करोडको आइपिओ जारी गर्ने

तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजनाले साधारण शेयर(आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ ।

नाफामा गएपछि आइपिओ ल्यायाैं

औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई)का वरिष्ठ उपाध्यक्ष पनि हुन् । शिवम् सिमेन्टका प्रवर्द्धक समेत रहेका मोरसँग औद्योगिक क्षेत्रको लामो अनुभव छ।

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ।

सोलु–दूधकोसीकोे आइपिओ अाउँदै

मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने तयारी गरेको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको आयोजनाले आइपिओ जारी गर्ने भएको हो।

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ।

बुटबल पावरको आइपिओबिनै एफपिओ निष्कासन

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सर्वसाधारण र स्थानीयलाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गरेको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

वित्तीय विवरणपछि मात्रै आइपिओ

जलविद्युत् कम्पनीहरुले एकपछि अर्को गर्दै साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाबारे नागरिकले थाहा पाउने गरी सूचना दिन उनीहरुलाई निर्देशन दिएको छ ।

बुटबल पावरलाई आइपिओबिनै एफपिओ स्वीकृति

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) गर्न स्वीकृति दिएको छ ।

बुटबल पावरलाई आइपिओबिनै एफपिओको स्वीकृति दिने तयारी

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्न स्वीकृति दिने तयारी गरेको छ । अझै पनि बिपिसीले सर्वसाधारणलाई सेयर निष्कासन गरेको छैन । बोर्डले भने एफपिओ ल्याउन स्वीकृति दिने अन्तिम तयारी गरेको हो ।

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने तयारी गरेको छ। बिपिसीले मंगलबार नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै एफपिओ निष्कासन गर्न लागेको जानकारी गराएको छ।

एफपिओ-आइपिओको पैसाले बढायो बजार

नेपाल लाइफ इन्स्योरेन्सको थप नयाँ साधारण सेयर (एफपिओ) र फरवार्ड लघुवित्तको साधारण सेयर (आइपिओ) आवेदनमा सेयर नपरेको पैसा फिर्ता हुन थालेपछि सेयर बजार उकालो लाग्न पुगेको छ।

एनआरएनलाई सगुनमा लगानी गर्ने अवसर, २ अर्बको आइपिओ खुल्दै

अमेरिकी स्टक मार्केटमा सूचिकृत हुने तयारीमा रहेको सामाजिक सञ्जाल सगुनमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानीको अवसर पाउने भएका छन्।

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

लगानीकर्ताले हकप्रद र प्रारम्भिक निष्कासन (आइपिओ) हुने सेयरका लागि रकम जोहो गर्न थाल्दा सेयर बजार खस्किएको छ। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन नगदको सट्टा हकप्रद सेयर जारी गर्न थालेपछि लगानीकर्ताले उक्त सेयर खरिदका लागि धमाधम सेयर बिक्री गर्न थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्