१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सेयर किनबेच आदेश इन्टरनेटबाट

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई इन्टरनेटमार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न परिपत्र गरेको छ। लगानीकर्ताले धितोपत्रको खरिद–बिक्री आदेश दिँदा ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्तालाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई युजर नेम र पासवर्ड दिई इन्टरनेटमार्फत खरिद–बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

अस्थिर सेयर बजार

चालू आर्थिक वर्षभित्र बैंक तथा वित्तीय संस्थाले तोकिएअनुसार पुँजी वृद्धि गर्नुपर्ने नियामक निकायको निर्देशनका कारण बोनस र हकप्रदका माध्यमले बजारमा बढ्दो सेयर आपूर्ति चाप तथा पछिल्लो समयमा निक्षेपमा उच्च ब्याजदरजस्ता कारणले सेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ।

सेयर बजारमा अर्को पहिरो

माघ महिनाभर निरन्तर ओरालो लागेको सेयर बजारमा फागुनको पहिलो दिन पनि त्यही गति कायम रह्यो। आइतबार नेप्से सूचक ४३.७३ बिन्दुले तल ओर्लंदा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाएका छन्।

सेयरमा जलविद्युतको बर्चस्व बढ्दै

जलविद्युत कम्पनीले धमाधम सेयर निष्कासन गर्न थालेपछि जलविद्युत समूहको बर्चस्व बढन थालेको छ। सरकारी तथा निजी क्षेत्रबाट जलविद्युत आयोजना निर्माणलाई गति दिन थालिएसँगै जलविद्युत समूहको हिस्सा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा बढ्न पुगेको हो।

खुल्दैछ– युनाइटेड मोदीको १७ लाख कित्ता साधारण सेयर

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ।

सेयर बजारको बाटो

सबैतिर जसरी भए पनि पैसामात्र कमाउनुपर्छ भन्ने मनोविज्ञान हावी भएको आजको नेपालमा सेयर बजारलाई सीमित स्वार्थको कैदी हुने अवस्थाबाट जोगाउनुपर्ने देखिन्छ।

सेयर बजारमा पहिरो

बजारमा लगानीयोग्य पुँजीको अभाव, बढ्दो ब्याजदर, तथा मार्जिन कलले गर्दा लगानीकर्ताले घटेरै भए पनि सेयर विक्री गर्न थाल्दा बजार सोमबार एकै दिन ६५.४४ बिन्दुले ओर्लिएको छ। अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसूचकमा यो हप्ता पनि सुधार आउने संकेत देखिएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सबै उपसूचकहरु घटेका छन्।

सेयर बजारको पैसा बैंकतिर

ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन् । बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन् । सेयरमा लगानी गर्नुभन्दा बैंकमा जम्मा गर्दा जोखिम कम हुन्छ ।

नेपाल लाइफको एफपिओले सेयर कारोबारमा मन्दी

सर्वसाधारणले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबारमा मन्दी आएको छ। आधाभन्दा बढी फाइदा हुने आसमा सर्वसाधारण उक्त कम्पनीको सेयर खरिद गर्न थालेपछि दोस्रो बजारको सेयर कारोबार बिहीबार ३२ करोडको मात्र हुन पुगेको छ। बुधबार ३६ करोडको कारोबार भएको थियो।

ब्याजदर बढ्यो, सेयर कारोबार आधाले घट्यो

बैंक, वित्तीय संस्थाहरुले सेयर धितोमा राखी प्रवाह गर्ने कर्जाको ब्याजदर बढाउन थालेपछि सेयर कारोबार आधाले घटेको छ। उनीहरुले सेयर धितोमार्फत कर्जा प्रवाह गरेको ऋणको ब्याजदर बढाउन थालेपछि सेयर कारोबारमा समेत केही दिनयता निरन्तर कमी आएको छ।

अप्पर माई जलविद्युत् आयोजनाको सेयर खुल्दै

अप्पर माई जलविद्युत् आयोजनाले निस्कासन गर्न लागेको सेयर वितरणमा ‘अति प्रभावित क्षेत्र’का बासिन्दालाई प्राथमिकता दिनुपर्ने जिल्लाको माइमझुवा र माबु गाउँका बासिन्दाले माग गरेका छन् । आयोजनाले वितरण गर्ने भनेको १० प्रतिशतमध्येको ५० प्रतिशत सेयर आयोजना निर्माणस्थल माबु र माइमझुवाका बासिन्दालाई दिन उनीहरूले माग गरेका हुन् ।

'तामाकोशीको सेयर कार्यकर्तालाई नबाँड'

दोलखाका तीन जना सांसदले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न नहुने बताएका छन्। सरकारले तामाकोशी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेपछि उनीहरुको यस्तो प्रतिक्रिया आएको हो।

तामाकोशीको सेयर कार्यकर्तालाई नबाँड्न चेतावनी

दोलखाका तीनजना सांसदले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न नहुने बताएका छन्। सरकारले तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेपछि उनीहरुको यस्तो प्रतिक्रिया आएको हो ।

तामाकोसी सेयरले कार्यकर्ता पोस्ने तयारी

सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेको छ। उसले आयोजनालाई ऋणका रुपमा दिएको ११ अर्ब रुपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाँड्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्