१६ आश्विन २०८१ बुधबार
image/svg+xml

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन्।

नयाँ सरकारलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

सेयर बजारले नयाँ सरकारलाईलाई ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहारदुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री भएकै दिन मंगलबार सेयर बजार मापक नेप्से करिब ३५ बिन्दुले बढेर बन्द भयो।

बजेटलाई सेयर बजारको ‘रेड सिग्नल’

सरकारले सोमबार ल्याएको बजेटमा प्रोत्साहन गर्ने खालका नयाँ कार्यक्रम नल्याएपछि सेयर बजारले नयाँ बजेटलाई ‘रेड सिग्नल’ दिएर स्वागत गरेको छ । नयाँ बजेट सार्वजनिक भएपछि पहिलो दिन मंगलबार खुलेको सेयर बजार मापक नेप्से सूचक २१.१५ विन्दुले ओर्लिएको छ।

निर्वाचनलाई सेयर बजारको 'ग्रिन सिग्नल'

सेयर बजारले स्थानीय निकाय निर्वाचनलाई 'ग्रिन सिग्नल' दिएर स्वागत गरेको छ।  पहिलो चरणको स्थानीय निकाय निर्वाचनअघिको अन्तिम कारोबारले हरियो संकेत दिएको हो।

सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावट

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै बैठकमा भएका निर्णयहरु गोप्य रुपमा ‘आफन्त’लाई चुहाउने र कारोबारलाई नै प्रभावित गर्ने काम गरे पनि यथेष्ट प्रमाणको अभावमा त्यस्ता व्यक्तिलाई कारबाही हुन सकेको छैन ।

सेयरमा गृहिणी

विगत १०/१२ वर्षयता गृहिणी महिलाहरू सेयर कारोबारमा आकर्षित भएका छन् । उनीहरू फुर्सदको समय सदुपयोगसँगै राम्रो कमाइ पनि गरिरहेका छन् ।

दोहोरो अङ्कले घट्यो सेयर बजार

निरन्तर उकालो लाग्दै आएको सेयर बजार मंगलबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ ।

चुनावपछि स्थानीयलाई तामाकोसीको सेयर

स्थानीयतहको निर्वाचनलगत्तै दोलखावासीलाई अपर तामाकोसी हाइड्रपावर कम्पनी लिमिटेडको एक अर्ब रुपैयाँभन्दा बढीको सेयर वितरण प्रक्रियाथालिने भएको छ।

सेयर बजारमा उच्च उतार–चढाव

सेयर बजार खुलेको छोटो समयमा नै नेप्से २७ अंकले बढेको थियो। तर, त्यो बृद्धि भने लामो समय रहन सकेन्। बजार बन्द हुने समयमा नेप्से उल्टो ७ अंकले घटेर बन्द भयो।

बिमा कम्पनीको पुँजी वृद्धिले उचाल्यो सेयर बजार

बिमा कम्पनीको चुक्ता पुँजी बढाउन बिमा समितिले निर्देशन दिएपछि सेयर बजार एकाएक उकालो लागेको छ । शुक्रबार बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।

सेयर कारोबार रकममा कीर्तिमान

सेयरबजार मापक नेप्से घटे पनि कारोबार रकमका आधारमा बुधबार कीर्तिमान कायम भएको छ। यसअघि साउनमा नेप्से कीर्तिमान १८८१.४५ बिन्दुतर्फ लागेका बेला कारोबार रकमले पनि कीर्तिमान कायम गरेको थियो।

चुनावी माहोलले तात्यो सेयर बजार

चुनाव मिति नजिकिँदै आउँदा सेयर बजार पनि निरन्तर उकालो लाग्न थालेको छ। मंगलबार सेयर बजारमापक नेप्से ७६.७९ विन्दुले बढेर १६१०.६२ मा पुगेर रोकिएको छ। यसअघि साउन १२ गते १८८१.४५ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो। अहिले सोही कीर्तिमान पछ्याउँदै सेयर बजार अगाडि बढेको छ।

सेयर कारोबार गर्न मुख्य सहर छिरे ब्रोकर

सेयर कारोबार गर्न ब्रोकरहरु मुख्य सहर छिरेका छन्। ब्रोकर कम्पनीहरुले आइतबार पहिलोपटक नेपालगन्ज, बनेपा र विर्तामोड शाखाबाट पनि सेयर कारोबार सुरु गरेका छन्। नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केही ब्रोकरले शाखा विस्तार गरे पनि नेपालगन्ज, बनेपा र विर्तामोडमा भने लगानीकर्ताले पहिलोपटक सेयर खरिद–बिक्री गर्न पाएका हुन्।

हल्लाकै भरमा बढ्यो सेयर बजार

दुई अर्ब रुपैयाँ चुक्ता पुँजी सहित दर्ता हुन आउने नयाँ बिमा कम्पनीलाई बिमा समितिले लाइसेन्स दिने तयारी गरेको हल्ला सेयर बजारमा फैलाइँदा सोमबार सेयर बजार एक्कासि माथि उक्लेको ब्रोकरहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्