१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौं– निरन्तर उकालो लाग्दै आएको सेयर बजार मंगलबार भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत मंगलबार ९.०८ बिन्दुले घटेको छ ।

कुल १४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर रु एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएको स्टकले जनाएको छ । उत्पादन समूहबाहेक अरु समूहको सेयर घट्दा बजार ओरालो लागेको हो । सो समूहको सेयर मूल्य ८.९६ बिन्दुले बढेको छ ।
बैंकिङ समूह ४४.०७, होटल ४६.३७, विकास बैंक ३८.८७, जलविद्युत् ७१.२४, फाइनान्स १.९५, बिमा १८४.४७ र अन्य समूह ६.०७ प्रतिशतले घटेको छ ।

निरन्तर बुलिस ट्रेन्डमा अगाडि बढेको बजार स्थानीय तहको निर्वाचनको विषयमा आइरहेका परस्पर विरोधी धारणाले पनि वियरिङ ट्रेन्डतिर फर्केको हुन सक्ने अड्कल गरिएको छ । रासस

प्रकाशित: ५ वैशाख २०७४ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App