लकडाउनका कारण मूल्य दोब्बर भएपछि चल्ला तस्करी बढ्यो
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीले ध्यान केन्द्रित गरी रहेको बेला कपिलवस्तुमा भने चल्ला तस्करी बढेको छ । कोरोना भाइरसका कारण जारी लकडाउनको फाइदा उठाउँदै तस्करहरू माैलाएका छन्। लकडाउनका कारण नेपालमा बाेइलर कुखुराको उत्पादन घटेकाले मुल्य दोब्बर बढेको छ ।