१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। क्युवको सरकारी टेलिभिजनले क्युवाका पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। क्युवामा कम्युनिष्ट क्रान्तिका पिता मानिने फिडेल क्यास्ट्रोको मृत्यु स्थानीय समय अनुसार शुक्रबार राति साँढे दश बजे भएको हो। उनको अन्तिम संस्कार शनिबार गरिने बीबीसीले जनाएको छ।

१०६ वर्षका वृद्ध चेपाङको निधन

लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ। जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

छाउ गोठमा महिलाको निधन भएको घटनाप्रति प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीय महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन्।

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ। एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो।

साउदी अधिराजकुमार टुर्कीको निधन

साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले बताएको छ ।

न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति: महासंघ

नेपाल पत्रकार महासंघले पत्रकार सञ्जय न्यौपानेको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति भएको जनाएको छ।

पत्रकार सञ्जय न्यौपानेको निधन

पत्रकार सञ्जय न्यौपानेको शनिबार साँझ निधन भएको छ। कारोबार दैनिकका पूर्व सम्पादक न्यौपानेको उपचारको क्रममा हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

ब्राजिली सदाबहार कप्तानको निधन

ब्राजिल फुटबलका  लागि सदाबहार अविस्मरणीय कप्तानका रूपमा चिनिएका कार्लोज अल्बर्टोको मंगलबार निधन भएको छ। सन् १९७० को विश्वकप जित्दाका कप्तानलाई ब्राजिलमा महान फुटबलरकारूपमा लिने गरिन्छ। ७२ वर्ष पार गरिसकेका राइट ब्याक अल्बर्टोले पेलेसँग खेलेका थिए।

ट्रेड युनियनका उप–महासचिवको निधन

प्रजातान्त्रिक आन्दोलनमा सक्रिय योगदान पुर्याएका प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य रामप्रसाद मिश्रको निधन भएको छ। दिवगंत मिश्र ट्रेड युनियन काँग्रेसका उप–महासचिव पनि हुन्।

स्टेजमा नाँच्दा नाच्दै मराठी नायिका अश्विनीको निधन

मराठी नायिका अश्विनी इकबोटेको एक कार्यक्रममा नाच्दा नाच्दै निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।

पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको निधन

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ। जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ।

भारतमा भएको २४ को निधनप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको वनारसमा भएको धार्मिक कार्यक्रममा भागदौडका क्रममा २४ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन्।

थाई नरेश भूमिबोलको निधन, एक वर्ष शोक मनाइने

विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार निधन भएको छ । उनी ८८ वर्षका थिए।  थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उनी  थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी-ज्वाइँ रफी वालडेनले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्