उद्योगपति दिवाकर गोल्छाको निधन
उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ। पूर्व सांसद समेत रहेका गोल्छा अर्गनाइजेशनका मालिक मंगलबार राति भारतको चेन्नेइमा उपचारको क्रममा निधन भएको हो।
उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ। पूर्व सांसद समेत रहेका गोल्छा अर्गनाइजेशनका मालिक मंगलबार राति भारतको चेन्नेइमा उपचारको क्रममा निधन भएको हो।
बलबा नगरपालिका ८ का वडाध्यक्ष लोकेन्द्र महतोको उपचारका क्रममा बिहीबार निधन भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।
आम जनताका बीचमा सरकारको परिभाषा गर्ने कामको पहिलो अभियन्ता हुन, भरतमोहन अधिकारी। २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकारमा उनी अर्थमन्त्री थिए।
पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीप्रति नेकपाको कार्यालय पुगेर शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका छन्। अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो। गत पुस २३ गतेदेखि अस्वस्थ बनेका उनलाई ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका अधिकारीको थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको अस्पतालमा रहेका अधिकारीका सहयोगी महेश विष्टले जानकारी दिए। उनका अनुसार अस्पतालमा रुवाबासी सुरु भएको छ।
यती र तारा एअरलाइन्सका सम्पूर्ण उडान शुक्रबार बन्द हुने भएका छन्। दुवै एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनको शोकमा एक दिनको लागि उडान बन्द गर्ने भएको हो।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको असामयिक निधन भएको छ। दाङ ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य ओलीको काठमाडौमा उपचारको क्रममा निधन भएको हो।
नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।
नेपाली साहित्यका अन्वेषक, संकलनकर्ता, विभिन्न पुस्तकका सम्पादक र लेखकका रूपमा परिचित शिव रेग्मी अब रहेनन्। बुधबार दिउँसो उनको निधन भएको रेग्मी सम्बद्ध स्रोतले जनाएको छ।
बारा जिल्लामा भएको जिप दुर्घटनाका घाइते बारा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको उनका कान्छा भाइ सञ्चारकर्मी नरेश भट्टराईले नागरिकलाई जानकारी दिए।
पाँचथरको फाल्गुनन्द गाँउपालिकाका प्रमुख तथा साहित्यकार अमरकुमार नेम्बाङको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो राजनीतिक आन्दोलनको पृष्ठभुमि भएका नेम्वाङको शनिवार निधन भएको हो। लामो सयमदेखि निर्वाचित राजनीतिक नेतृत्व गरेका नेम्बाङको निधनले जिल्लाबासी स्तब्ध भएका छन्।
वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार रााणको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। दिल्लीको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनका भाइ माइकल फर्नाडीजका अनुसार जर्ज फर्नानडिजलाई स्वाइन फ्लु भएको थियो।' उनको नेपालका नेताहरुसँग समेत निकट सम्वन्ध थियो। उनले नेपालबारे चासो राख्थे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा फर्नान्डिजको सहानुभुति थियो। नेपाली नेताहरुसँग दिल्ली र काठमाडौंमा भेटिरहेने उनी हक्की स्वभावका थिए।