९ मंसिर २०८१ आइतबार
image/svg+xml

विपन्न परिवारलाई खाद्यान्न सहयोग

कालिकोटको पचालझरना गाउँपालिका ४ का मोहनलाल न्यौपानेको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।अमेरिका निवासी अरुण बाँस्कोटाको आर्थिक सहयोग तथा प्रकृति केसीको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो।

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

विपन्न परिवारलाई खाद्यान्न सहयोग

श्रीमानको मृत्युपछि हिरा र उनका तीन छोरीहरु गाउँमा मागेर गुजारा गर्ने भोक लाग्दा माटो खान्छन् भन्ने समाचार पढेपछि हाम्रो सेवा समूहमार्फत विदेशमा रहेका नेपालीहरुलेले संकलन गरेको रकमबाट एक वर्षको लागि चामल, दाल, नुन तेल र ओढने ओछ्याउने कपडा सहयोग गरिएको संयोजक हरिकृष्ण लभली श्रेष्ठले बताए। हाललाई चार महिनाको लागि खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए।

बन्द प्रभावः विपन्नको अगेनोमा बलेन आगो

वीरेन्द्रनगरका बाढीपीडित तुलबहादुर सुनार अटो चलाउँछन्। जसबाट उनी दैनिक सात/आठ सय रुपैयाँसम्म आम्दानी गर्छन्। उनले आम्दानीको पाँच सय रुपैयाँ अटोको मासिक किस्ता बुझाउन छुट्याउनु पर्छ भने बाँकी रकमले साँझबिहानको छाक टार्न र छोराछोरीको शिक्षादीक्षामा खर्चिन्छन्। तर प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार गरेको बन्दको प्रभावले गर्दा उनले अटो चलाउन पाएनन्।

म्याग्दीमा ६ सय खरका छानोलाई जस्तापाताले फेरिने

म्याग्दीमा यसबर्ष करिब ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता लगाइने भएको छ।

विपन्नका लागि ‘नयाँ लुगा न्यानो लुगा’

कपिलवस्तुमा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी ‘नयाँ लुगा न्यानो लुगा’ अभियान सञ्चालन गरिएको छ ।

सरकारसँग विपन्नका लागि छैन दसैं प्याकेज

संकटका बेला सरकारले वास्ता नगर्दा आफूहरुले सरकार भएको अनुभूति समेत गर्न नपाएको कर्णालीवासीहरूको भनाइ छ। जनप्रतिनिधिले झुपडीलाई नदेख्दा यहाँको गरिबी जस्ताको त्यस्तै रहेको उनीहरूले बताए।

विपन्न परिवारलाई एसओएसको राहत

बराहताल गाउँपालिका–८ बगालेकी बलु सुनारको छ जनाको परिवार छ। उब्जाउने जमिन छैन्। श्रीमान रामबहादुर कालापहाड (भारत) जान्थे। कालापहाडमा बगाएको पसिनाले बलुको बगालेस्थित घरको चुल्हो बल्थ्यो। कोरोना संक्रमणसँगै चैतमा रामबहादुर कालापहाडबाट फर्के। गाउँघरमा कमाउनका लागि काम पाइँदैन्।

भोकले छटपटाउँदै विपन्न, गोदाममा कुहिँदै राहत

‘कोरोना सधैभरि नरहला तर यसले निम्ताउने भोकमरी र सामाजिक असन्तुलनले लामो समयसम्म समाजलाई खलबलाइरहनेछ।’

विपन्नलाई सरकारी लगानीमा चिटिक्क घर, तर घामपानी छेकेन

दाङको बंगलाचुली गाउँपालिकामा विपन्नका लागि सरकारी लगानीमा बनाइएका प्रिफ्याब घरमा कोही जान मानेनन् । अस्वाभाविक निर्माण लागतमा बनेका ती घरले घाम र पानी पनि राम्ररी छेक्दैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्