१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

२५ सिसी क्यामरा प्रयोगविहीन

नुवाकोटको विदुर नगरपालिकामा शान्तिसुरक्षा कायम गराउन, चोरीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, दुर्घटना न्यूनीकरण गर्न र दुर्घटना भएमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न सहज बनाउनका लागि जडान गरिएका सिसी क्यामरा प्रयोगविहीन भएका छन् । सदरमुकामका मुख्य बजार मानिने गंगटे, बट्टार, विदुर, ढुङ्गे र त्रिशूलीमा जडान गरिएका २५ थान सिसी क्यामरा प्रयोगविहीन भएका हुन् । नुवाकोट उद्योग वाणिज्य संघको पहलमा दुई वर्षअघि जडान गरिएका सबै सिसी क्यामराले काम गर्न छाडेका छन्।

प्रयोगविहीन छन् सरकारी कृषि भवन

तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन्।

धुलो उठाउने 'ब्रुमर' प्रयोगविहीन

काठमाडौं उपत्यकामा धुलो नउड्ने सडक विरलै छन्। सडक विस्तार र खानेपानी पाइप बिछ्याउने कार्य भइरहेकाले अचेल सहरमा जता पनि कुइरीमण्डल धुलो देखिन्छ। सरकारी निकायसँग केही थान धुलो बढार्ने मेसिन 'बु्रमर' भए पनि त्यसलाई प्रयोगमा ल्याउन सकिएको छैन। सडक विभाग र महानगरपालिकासँग गरी ६ वटा बुम्रर छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्