४ पुस २०८१ बिहीबार
image/svg+xml

दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय प्रभावहिन

लकडाउन खुकुलो बनाउने निर्णयसँगै दुई सिफ्टमा कार्यालय संचालन गर्ने सरकारी निर्णय प्रभावहिन देखिएको छ । सरकारले असार १ गतेदेखि सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरि दुई सिफ्टमा संचालन गर्ने निर्णय गरेपनि कार्यान्वयनमा समस्या देखिएको हो ।

उपमहानगरपालिकाको प्लाष्टिकमुक्त अभियान प्रभावहिन

नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ। अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्