२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाने भएका छन्। ओली बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ।

ठगीमा बैंककै कर्मचारी संलग्न

अन्तर्राष्ट्रिय ह्याकरले बैंक खातामा बचत रहेको पैसा अनधिकृत रुपमा निकाल्ने घटना नौलो हैन । एटिएम बुथमा अपनाएको कमजोर प्रविधिको फाइदा उठाउँदै नक्कली एटिएम कार्ड प्रयोगमा संलग्न विभिन्न देशका नागरिक पक्राउ पर्ने क्रम रोकिएको छैन । पछिल्लो समय भने बैंकका कर्मचारी नै ग्राहकको रकम हिनामिनामा संलग्न भएका घटना बढेका छन् ।

एमाले अध्यक्ष ओली बैंकक जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएका छन्। अध्यक्ष ओली पुस २६ गते बैंकक जान लागेका हुन्।

‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दै राष्ट्र बैंक

विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ।

बैंकमा ऋण दिन पैसा अभाव, अबका दिन सकसपूर्ण

मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ ।

पैसा तान्न ब्याज बढाउने होडमा बैंक

लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । एक साताअघि मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।

यस्तो छ राष्ट्रबैंकले तयार गरेको विद्युतीय खाता

सरकारले ‘क्यासलेस कारोबार’लाई प्रश्रय दिने नीति अनुसार विद्युतीय कारोबार प्रविधि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पहुँच बढाउँदै बैंक

पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पु¥याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा पु¥याउन थालेका हुन् ।

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा लागेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्रै चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरु चुक्ता पुँजी बढाउने अन्तिम कसरतमा लागेका हुन् । गत आर्थिक वर्षको साधारण सभा गरिसकेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्याइसकेका छन् भने केहीले हकप्रद जारी गरेर पुर्याउने तयारी गरेका छन् ।

सन्राइज बैंकको बोनस सेयर पारित

सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार भएको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । यसबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

बैंकमा लगानीयोग्य पुँजी अभाव

बैंकमा पैसा जम्मा हुनेभन्दा कर्जाको माग बढ्ने क्रम बढेपछि फेरि लगानीयोग्य पुँजी (तरलता) अभाव हुन थालेको छ । बैंकरहरुका अनुसार आगामी दिनमा सरकारले खर्च गर्न नसके तरलता अभाव अझै बढ्ने छ । कर्जाको बढ्दो माग र निक्षेप संकलनमा केही सुस्तता आएकाले बैंकमा ऋण लगानीका लागि पैसा अभाव भएको हो । केही बैंकले पैसा बढाउन निक्षेपको ब्याजदर बढाउन थालेका छन् ।

मेगामा गाभियो टुरिजम डेभलपमेन्ट बैंक

मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ। मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो।

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्।

साइबर क्राइमले विश्वभरिका बैंक त्रस्त

साइबर क्राइमले विश्वभरिकै बैंकहरुमा ठूलो त्रास सिर्जना गरेको विज्ञहरुले बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले बिहीबार आयोजना गरेको राष्ट्रिय स्तरको साइबर एन्ड स्विफ्ट सेक्युरिटी कन्फरेन्समा विज्ञहरुले यस्तो प्रतिक्रिया दिएका हुन्।

सहिद परिवार भन्छन्– हामी भोटबैंक मात्र भयौं

मलेठ घटनाका सहिद पिताम्बर मण्डलका बुवा गोसाइ मण्डल भन्छन्, ‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग भेट भयो भने मेरो छोरा किन मारियो म सोध्थें, अग्रह गर्थे, हात जोडेरै भन्थे सबैजना बाँडीचुँडी सत्ता भोग्नुस् तर कसैको सन्तानलाई अनाहकमा मार्ने काम नगरिदिनुस् ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्