२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कृषि विकास बैंकको २०% बोनस सेयर

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

भिमफेदीमा प्राइम कमर्सियल बैंक

राइम कमर्सियल बैंक लिमिटेडले मकवानपुरको भिमफेदी गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आइतबार खुलेको यो बैंकको ५६ शाखा हो।

नबिल बैंकमा युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स सेवा

नबिल बैंकले नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेसपोन्स (क्युआर कोेड) एक्वाएरिङ सर्भिस’ सुरु गरेको छ।

नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंक

नयाँ बानेश्वरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा पूर्वपरराष्ट्र मन्त्री तथा अर्थमन्त्री भेषबहादुर थापाले उक्त शाखाको सोमबार उद्घाटन गरेको बैंकले जनाएको छ।

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित

ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाँउमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले बैंकको ६९औं शाखारहति सेवाको उदघाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

सिभिल–एक्सिस बैंक सम्झौता

सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदानप्रदान गर्न दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल रमनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

भैरहवामा कैलाश विकास बैंक

कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा ४३औं शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

जनता बैंकका दुई शाखा थपिए

जनता बैंक नेपाल लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ । कास्कीको लेकसाइड र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको बैंकले जनाएको छ।

अन्तर बैंक फुटसल हुने

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा अर्को महिनाको सुरुआतमा अन्तर बैंक फुटसल प्रतियोगिता गर्ने भएको छ।

राष्ट्र बैंकमा कर्मचारीलाई ५ अर्बको बम्पर प्याकेज

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो ।राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षकअन्तर्गत भत्तामा साढे १८ प्रतिशतको वृद्धिसमेत समेटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनताका प्रमुख कार्यकारी अधिकृत परशुराम कँुवर क्षेत्रीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

आइएमई र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन्।

देखिने गरी काम भएन : विश्व बैंक

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले वर्षौंदेखि वैदेशिक सहायता पाए पनि नेपालले देखिने गरी कुनै काम गर्न नसकेको बताएका छन् ।

गण्डकी विकास बैंकको नयाँ दुई शाखा सञ्चालन

गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखा सञ्चालनमा ल्याएको छ ।

बागलुङ बजारमा सिद्धार्थ बैंक

सिद्घार्थ बैंकले बागलुङको बागलुङ बजारमा नयाँ शाखा विस्तार गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्