२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सोलुखुम्बु तिङ्लामा प्राइम बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले सोलुखुम्बुको रमितेबजार, तिङ्लामा शाखा खोलेको छ । अब प्राइमको शाखा संख्या ५५ पुगेको बैंकले जनाएको छ ।

जनता बैंकको निःशुल्क आँखा शिविर

जनता बैंक नेपाल लिमिटेडले कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर गरेको बैंकले जनाएको छ ।

जनता बैंक –सगरमाथा इन्स्युरेन्स सम्झौता

जनता बैंक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कुमारी बैंकको भाइबर बैंकिङ सेवा

कुमारी बैंक लिमिटेडले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहक तथा भाइबर प्रयोगकर्तालाई लक्षित गरी यो सेवा सुरु गरेको हो।

एनएमबी बैंकको डिलाइट सेभिङ अकाउन्ट

एनएमबी बैंकले आफ्ना बचतकर्ताको सुविधालाई ध्यानमा राख्दै एनएमबि डिलाइट सेभिङ अकाउन्ट ल्याएको छ ।बैंकका अनुसार डिलाइट सेभिङ अकाउन्टको एटिएम कार्डले नेपालभरका कुनै पनि बैंक फाइनान्सबाट शुल्क नलाग्ने गरी रकम झिक्न सकिने छ ।

ठमेलमा ज्योति विकास बैंक

ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा शाखा विस्तार गरेको छ । महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । साथै, बैंकका कर्मचारी तथा सर्वसाधारणले सो अवसरमा ठमेल सरसफाइ कार्यक्रम समेत गरेको बैंकले जनाएको छ ।

बुद्धिस्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने

नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदालाई एकीकृत बुद्धिस्ट सर्किट्स गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्न विश्व बैंकले नयाँदिल्लीमा सरोकारवालासँग छलफल गरेको छ ।

कैलाश विकास बैंकलाई सम्मान

कैलाश विकास बैंकले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ पुरस्कार पाएको छ । साउथ एसियन फेडेरेसन अफ अकाउन्टेस्ले बैंकलाई उक्त पुरस्कार दिएको हो ।

छत्रगन्जमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले अर्घाखाँची जिल्लाको छत्रगन्जमा शाखा विस्तार गरेको छ । बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठ र छत्रगन्ज गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको उपस्थितिमा उक्त शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

पेप्सीकोलामा ज्योति विकास बैंक

ज्योति विकास बैंकले भक्तपुरको पेप्सीकोलामा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सघाउने

नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरुलाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तब्यका रुपमा विकास र प्रबर्द्धन गर्न विश्व बैंकले आफ्नो नयाँ दिल्लीस्थित कार्यालयमा मंगलबार यस क्षेत्रका सरोकारवालाहरुको बैठक आयोजना गर्यो।

दमकमा ज्योति विकास बैंक

झापाको दमकमा ज्योति विकास बैंक सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

रातोपुलमा एनसिसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले काठमाडौंको रातोपुलमा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।कार्यक्रमा डेपुटी गभर्नर शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकले सुशासन कायम गर्नुपर्नेमा जोड दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्योति बैंकको भिसा डेबिट कार्ड

ज्योति विकास बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । बैंकले एएसिसटी डेबिट कार्ड विस्थापित गरेर भिसा डेबिट कार्ड ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्