२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरिमा छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार टिकटमा छुट पाउने भएका छन्।

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच सम्झौता

ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच विभिन्न सेवा तथा छुटसम्बन्धी सम्झौता भएको छ। बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

स्टार हस्पिटल र बैंक अफ काठमाण्डूबीच सम्झौता

स्टार हस्पिटल र बैंक अफ काठमाण्डूबीच सहकार्य सम्झौता भएको छ। सम्झौतामा स्टारका सिओओ सन्देश जिसी तथा बैंकका रिसर्च प्रोडक्ट डेभलपमेन्ट तथा मार्केटिङ विभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन्।

वाणिज्य बैंकको कर्जा लगानी दैनिक डेढ अर्ब

लगानीयोग्य पुँजी (तरलता) केही सहज भएपछि बैंकहरुले दैनिक औसत डेढ अर्ब रुपैयाँ कर्जा लगानी गर्न थालेका छन्।

तनहुँ जलविद्युतको ठेक्का सम्झौता सम्पन्न, ५ वर्षभित्र आयोजना तयार हुने

१ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्यका लागि छुट्टाछुट्टै २ कम्पनीसँग सोमबार ठेक्का सम्झौता भएको छ। हेडवर्कसका लागि इटलियन कम्पनी सिएमसी तथा सुरुङ, हाईड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यका लागि सिनाे हाइड्रोसँग आयोजना निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले संझौता गरेको हो।

कैलाश विकास बैंकमा रक्तदान

कैलाश विकास बैंक लिमिटेडले २५ वर्ष पूरा गरेको अवसरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको जनाएको छ।

लक्ष्मी बैंकद्वारा टेम्पो सहयोग

लक्ष्मी बैंकले आइतबार पशुपतिनाथ परिसरमा प्रयोग गर्न दुई थान विद्युतीय टेम्पो हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको छ।

पशुपतिमा माछापुच्छ्रेको लकर

माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीको सुविधाको लागि लकर कक्ष निर्माण गरिदिएको छ। उक्त लकर कोषलाई हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ।

वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय पहुँचसम्बन्धी तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन्।

वस्तु आयात ५४.३ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षको साउनमा १०.५ प्रतिशतले बढेको मुलुकको कुल वस्तु आयात चालु आर्थिक वर्षको ५४.३ प्रतिशतले वृद्धि भएको छ । एक महिनामा मुलुकले एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो।

मुक्तिनाथ बैंकका शाखा थपिए

मुक्तिनाथ विकास बैंकले सिराहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चार नयाँ शाखा विस्तार गरेको छ।

सानिमा बैंकद्वारा भिसा कार्ड अनलाइन पेमेन्ट सुरु

सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्ट सेवा सञ्चालन गरेको छ। यस सेवाबाट ग्राहकले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्ड प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

शैक्षिक प्रमाणपत्र धितोमा ऋण पाउने निश्चित

सरकारले घोषणा गरेको शिक्षित युवा लक्षित कर्जा व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा वित्तीय सँस्थाहरुलाई परिपत्र गर्दै शुक्रबारदेखि यो सेवा सुरु गर्न निर्देशन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्