काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा सिद्धार्थको पेमेन्ट सलुसन्स प्रमुख सुरेशराज महर्जन र ओमका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्।
बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ युएनओ क्रेडिट कार्डबाहक र तिनका परिवार तथा बैंकका सबै ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १२ आश्विन २०७५ ०७:५४ शुक्रबार