काठमाडौं – माछापुछ्रे बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ)बीच तालिम सञ्चालनबारे सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनबिआइले बैंकका कर्मचारीको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब नौ सय ९५ कर्मचारी कार्यरत रहेको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभर ८६ वटा शाखा, दुईवटा एक्स्टेन्सन काउन्टर, २९ शाखारहित बैकिङ सेवासहित एक सय १७ स्थानबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १७ आश्विन २०७५ ०३:३७ बुधबार