२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कुलेश्वरमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले उक्त शाखाको उदघाटन गरेको बैंकले जनाएको छ।

इन्भेस्टमेन्ट बैंकका तीन शाखा थपिए

नेपाल इन्भेस्टमेन्ट बैंकले एकै दिन विभिन्न तीन ठाउँमा शाखा कार्यालय विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुनया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा शाखा कार्यालय विस्तार गरेको हो । नयाँ शाखासँगै बैंकको शाखा संख्या ६६ वटा पुगेको छ।

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

सिमलचौरमा सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कास्कीको सिमल चौरमा आफ्नो ६८औं शाखा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले जनाएको छ।

इन्भेष्टमेण्ट बैंकको ३२ औं वर्ष पूरा

नेपाल इन्भेष्टमेण्ट बैंकले ३२ औं वर्ष पूरा गरेको छ । आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

सेञ्चुरी बैंकको सि–आस्बा सेवा

सेञ्चुरी कमर्सियल बैंकले सि–आस्बा सेवा सुरु गरेको छ । धितोपत्र खरिद गर्न सि–आस्बा सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ग्राहकहरूले सेञ्चुरी बैंकको जुनसुकै शाखा कार्यालय तथा केन्द्रीय कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधिक गरी सि–आस्बा नम्बर लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

न्यूरोडमा मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंकले न्युरोडस्थित देव प्लाजामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

लक्ष्मी बैंकको सहयोग

लक्ष्मी बैंकले प्रहरी चौकी निर्माणका लागि पाँच लाख रूपैयाँ सहयोग गरेको छ। सुनसरीको भोक्राहामा नयाँ शाखा सञ्चालन गरेको अवसरमा बैंकले भोक्राहास्थित प्रहरी कार्यालय निर्माणमा उक्त रकम सहयोग गरेको हो । नयाँ शाखा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई उक्त रकमको चेक प्रदान गरेका थिए ।

गण्डकी विकास बैंकको सि–आस्वा सेवा

गण्डकी विकास बैंकले सि–आस्वा सेवा सुरू गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्यरूपमा सि–आस्वा प्रणालीमार्फत सेयर आवेदन गराउने व्यवस्था गरेसँगै बैंकले उक्त सेवा सुुरू गरेको हो।

लक्ष्मी बैंकको सि–आस्बा सेवा सुरु

लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि सि–आस्बा सेवा सुरु गरेको छ। बैंकबाट सि–आस्बा रजिस्ट्रेसन नम्बर प्राप्त गर्ने ग्राहकले कुनै पनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्नेछन्।

जोरपाटीमा एनसिसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले गोकर्णेश्वर नगरपालिका–६, नारायणटार, जोरपाटीमा शाखा खोलेको छ। शुक्रबारबाट नयाँ शाखा सञ्चालनमा आएको हो।

ऐरी ग्लोबल आइएमई र लामिछाने सानीमा बैंकका सदभावना दूत

यु–१९ क्रिकेट टोलीका कप्तान दीपनेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई बिहीबार दुई बैंक (ग्लोबल आइएमई र सानीमा बैंक) ले आआफ्नो सदभावना दूत बनाएका छन्।

रिलायबल–आइसिएफसी बैंकान्सुरेन्स सम्झौता

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडबीच बैंकान्सुरेन्स सम्झौता भएको छ।

कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्