काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडबीच बैंकान्सुरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा फाइनान्सको बाट प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्त र इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन्।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँनयाँ जीवन बिमा योजनाहरु ल्याउने गरेको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले फाइनासबाट आफ्ना जीवन बिमालेखहरु बिक्री गर्नुका साथै फाइनान्सको शाखा सञ्जाल प्रयोग गरि देशभर बिमाको पहुँच विस्तार गर्ने जनाएको छ । इन्स्योरेन्सले नौ प्रकारका जीवन बिमा योजना बिक्री गरिरहेको छ।
प्रकाशित: ११ फाल्गुन २०७४ ०१:२४ शुक्रबार