२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ।

कृष्णनगरमा नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको राजस्व संकलन सेवा उपलब्ध हुने बैंकको १०आंै काउन्टर प्रतिनिधिसभा सदस्य अभिषेकप्रसाद साहले उद्घाटन गरेको बैंकले जनाएको छ।

सेञ्चुरी बैंकको पाँचवटा नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनतामाझ बैंकिङ पहुँच पुर्याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

नबिल बैंकको सि–आस्बा सेवा

नबिल बैंक लिमिटेडले सि– आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी बैंकले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

सेञ्चुरी बैंकको पाँचवटा नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनतामाझ बैंकिङ पहुँच पुर्याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंक ठगीको घटना, हालसम्म तीन पक्राउ

भारतको आर्थिक नगरी मुम्बईमा रहेको पञ्जाब नेसनल बैंकको शाखा बम्बे स्टक एक्सचेन्ज र भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया नजिकैको सडकमा रहेको छ। मुम्बईको महत्वपूर्ण क्षेत्रमा रहेको बैंकको शाखा अहिले स्थानविशेषले मात्रै नभई अर्बपति हिरा व्यवसायी निरभ मोदीसम्बन्धित बैंक ठगीको विषयले पनि केन्द्रविन्दुमा रहेको छ । जसको कारण भारतको बैंकिङ सम्पत्तिको करिब ७० प्रतिशत हिस्सा ओगट्ने राज्य बंैकिङ क्षेत्रको विश्वसनीयतालाई समेत हल्लाइदिएको छ।

बैंकको प्रतिफल चार प्रतिशत बिन्दुले घट्यो

चुक्ता पुँजीमा भएको वृद्धि अनुसार व्यवसाय बिस्तार गरेर आम्दानी बढाउन नसक्दा बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल पोहोरको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ४.१५ प्रतिशत बिन्दुभन्दा धेरैले घटेको छ । बैंकहरुको गर्ने नाफाको आकार बढे पनि प्रतिसेयर आम्दानी (इपिएस) घटेका कारण लगानीकर्ताले पाउने लाभांश रकम गत वर्षभन्दा कम हुने बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले देखाएको हो।

म्याराथन दौडमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंक लिमिटेडले म्याराथन दौड प्रतियोगितामा सह–प्रायोजन गरेको छ । पोखरामा भूतपूर्व खेलाडी मञ्चद्वारा प्रायोजित म्याराथन बैंकले सह–प्रायोजन गरेको हो।

भीरबाट लडेर बैंक सुरक्षा गार्डको मृत्यु

खोटाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर राष्ट्रिय वाणिज्य बैंक दिक्तेलका सुरक्षा गार्डको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएका बेलामा भीरबाट लडेर सुरक्षा गार्डका रुपमा कार्यरत रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको मृत्यु भएको हो ।

कुमारी बैंकको सी–आस्बा

कुमारी बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी, ग्राहकलाई समयमै सी–आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखाबाट सहज रुपमा सी–आस्बा रजिस्ट्रेसन नम्बर लिई सी–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

६ महिनामै घर–जग्गामा ६० अर्ब बढाए बैंक–वित्तले

बैंक तथा वित्तीय संस्थाले घर–जग्गामा ६ महिनामै २७ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।बैंकहरुले गत असारसम्ममा घर–जग्गा (व्यक्तिगत आवासीय कर्जा समेत) मा दुई खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका थिए । चालु आर्थिक वर्ष २०७४÷०७५ को पुससम्ममा बैंकले तीन खर्ब २१ अर्ब ६० करोड रुपैयाँ लगानी गरेका छन् ।

बैंकहरुलाई २९ दिने राहत

सरकारी ढुकुटीमा रकम थन्किएर लगानीयोग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकले सहुलियत दिने नीति ल्याएको छ । पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर, निक्षेप वृद्धि नहुँदा बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलिरहेको बेला केन्द्रीय बैंकले ल्याएको नयाँ नीतिले उनीहरुलाई केही राहत पुग्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्