जिनेदिन जिदानले अप्रिलमा यस सिजन रियाल मड्रिडका लागि च्याम्पियन्स लिगभन्दा स्पेनिस ला लिगा नै प्राथमिकतामा रहेको बताएका थिए। शनिबार ला लिगमा रियाल मालोर्कासँगको हारले के स्पष्ट संकेत गर्छ भने रियालसँग दुवै प्रतियोगितालाई प्राथमिकतामा राखेर उत्कृष्ट प्रदर्शन गर्न चाहिने बलियो टोली छैन।
सातौं मिनेटमा मालोर्काका लागो जुनियरले गरेको गोल निर्णायक बन्दा भ्रमणकारी टोली रियाल मड्रिड स्पेनिस ला लिगामा शनिबार १–० ले स्तब्ध भएको छ। शनिबारको पराजयसँगै रियालले ला लिगामा पहिलो हार बेहोरेको छ। नवप्रवेशी मालोर्कासँगको पराजयले टोलीका प्रशिक्षक जिनेदिन जिदानलाई दबाब पुगेको छ।
मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिए पनि रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा यथावत् छ। ला लिगमा अपराजित रियालको ७ खेलमा १५ अंक छ र टोली शीर्ष स्थानमा यथावत् छ। समान ७ खेलमा समान १४ अंक जोडेका ग्रानाडा र एट्लेटिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने १३ अंक जोडेको बार्सिलोना र रियाल सोसिडाड क्रमश चौथो र पाँचांै स्थानमा छन्।
सरकारले नेपालमा रहेको उत्तर कोरियाली लगानी फिर्ता पठाउने भएको छ। संयुक्त राष्ट्र संघको निर्देशन अनुसार सरकारले यहाँ व्यवसाय चलाएर बसेका उत्तर कोरियाली नागरिकलाई सबै लगानी फिर्ता लैजान भनेको हो।
नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने भएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।
नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।
भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सम्मानित भएका छन्। सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।
पछिल्लो एक साता रियाल मड्रिडका ग्यारेथ बेलको आगामी गन्तव्यका बारेमा विभिन्न खबर सार्वजनिक भए। प्रशिक्षक जिनेदिन जिदानले बेललाई बेच्ने अन्तिम तयारी भइरहेको र उनी टोलीमा नहँुदा दुवै पक्षका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए। बेलका एजेन्टले समेत प्रशिक्षकले खेलाडीको अपमान गरेको र बेल चिनियाँ क्लब जाने तयारीमा रहेको बताएका थिए। तर आइतबार स्पेनिस क्लब रियालले चिनियाँ पक्षसँग जारी बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको जनाएको छ। जिदान रियालमा फर्किएपछि बेल पछिल्ला समयमा बेन्चमै सीमित हुँदै आएका छन्। जिदान पुनः रियालमा फर्किएपछि ११ मध्ये तीन खेलमा अवसर पाएका बेलले मैदानमा ९० मिनेट मात्र बिताएका छन्। गत सिजन रियाल बेटिससँग २–० ले पराजित भएपछि बेलप्रति जिदानले भरोसा कम गर्दै आएका थिए।