९ आश्विन २०८१ बुधबार
image/svg+xml

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तिमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

‘भारतपरस्त’ आरोप खण्डन गर्न पार्टी भित्रैबाट भट्टराईलाई चुनाैती

निःसर्त स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने तथा पार्टी÷ नेतृत्वमाथि लाग्दै आएको ‘भारत परस्त’ को आरोपलाई व्यवस्थित खण्डन गर्नुपर्ने माग गर्दै असन्तुष्ट पक्षले संयोजक बाबुराम भट्टराईविरुद्ध नयाँ शक्ति नेपाल पार्टीमा फरक मत दर्ता भएको छ।

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’

देउवालाई फेसबुकबाट चुनाैतीः मेरा पति तलमाथि भए म पनि बाँच्ने छैन

काठमाडौं– ६ दिनदेखि आमरण अनसन बसेका विद्यार्थी नेताको स्वास्थ्य बिग्रँदै गएपछि अनसनकारी मध्येका एक विद्यार्थी नेताकी पत्नीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्