२६ वैशाख २०८१ बुधबार
image/svg+xml

मलेसियामा नेपाली सहित अवैधानिक आप्रवासीलाई आममाफीको अन्तिम अवसर

आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ।

युएईद्वारा आममाफीको समयावधि एक महिना थप

संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ। यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि बुधवार सकिँदै थियो।

युएईमा आममाफीको सुविधा सदुपयोग गर्न आग्रह

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ।

चितवनका छ कैदीलाई आममाफी

दसैँका अवसरमा चितवन भरतपुर कारागारका पाँचजना कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ । चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँचजना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।

गोली हानेर ब्यापारी लुटने अभियुक्तलाई राष्ट्रपतिले दिइन् आममाफी

राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार वर्ष अघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकारलाई बाँकी कैद मिनाह गर्ने निर्ण गरेकी छन्। राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति निकाल्दै आर्धाखाची व्यापारी गोलीकाण्डका मुख्य योजनाकार रुद्रप्रसाद पराजुलीलाई बाँकी सजाय माफीका लागि निर्णय गरेको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्