८ वैशाख २०८१ शनिबार

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ। सयौँ जना बेपत्ता भएका छन्।

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ। देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो।

सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन्।

भ्यालेन्टाइन्स डेमा ६६१ जोडीको सामूहिक विवाह

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन्।

पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ सैनिकको मृत्यु

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ। सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन सुरु गरिसकेको जनाएको छ।

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन्।

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ।

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ।

मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे

मध्य मेक्सिकोको एउटा लागुऔषध पीडितको पुर्नस्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो।

मेक्सिकोमा एक लाख १३ हजार संक्रमित

मेक्सिको मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसको महामारीबाट तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने २ हजार पक्राउ

मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ। ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्