२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

फाइल तस्बिर

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ।

हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिका नजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो।

दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन्। दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ।रासस

प्रकाशित: २६ भाद्र २०७९ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App