३ असार २०८१ सोमबार
image/svg+xml

नेपालगञ्जमा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

नेपाली फोटोपत्रकारिता दिवसको अवसरमा नेपाल फोटो प्रदर्शनी यात्रा नेपालगञ्जमा सुरु भएको छ। वैशाख १३ गतेलाई नेपाली फोटो पत्रकारहरुले फोटोपत्रकारिता दिवस मनाउँदै आएका छन्।

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको ‘नेपाल फोटो प्रर्दशनी’२०७३ सम्पन्न भएको छ।

भैरहवामा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

‘नेपाल फोटो प्रदर्शनी यात्रा’ भैरहवामा बिहीबारबाट सुरु भएको छ। फोटो पत्रकार क्लब (पिजे क्लब)ले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी भैरहवामा सुरु गरेको हो।

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्।

संविधान संशोधन विरुद्ध एमालेको प्रर्दशन

राष्ट्रहित विपरित संविधान संशोधन गर्न लागिएको भन्दै एमाले बाँकेले आइतबार नेपालगन्जमा प्रर्दशन गरेको छ। कार्यान्वयन गर्नुपर्ने बेलामा संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले गम्भीर गल्ती गरेको भन्दै एमाले कार्यकर्ताले प्रर्दशन गरेका हुन्।

प्रस्तावको विरोधमा एमालेको प्रर्दशन

५ नम्बर प्रदेशलाई तराई मधेशमा टुक्राउने गरी संसदमा गरेको प्रस्ताव विरुद्ध सदमुकाम गुलरियामा एमालेले सोमबार बिरोध प्रर्दशन गरेको छ। एमालेको विरोध प्रर्दशनलाई समर्थन गर्दे उद्योग वाणिज्य संघले गुलरिया बजार बन्दको आह्वान गरेको छ। प्रर्दशन र बन्दको कारण गुलरियाको जनजीवन प्रभावित भएको छ ।

इलाका टुक्र्याइएको भन्दै कालिकाेटमा विरोध प्रर्दशन

जिल्लाको इलाका नम्वर ७ का स्थानीयवासीले इलाका टुक्राएको भन्दै सदरमुकाम मान्मामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। गत कार्तिक २९ गते सर्वदलीय निर्णयबाट इलाका नम्बर ७ को छाप्रे गाविसलाई ८ नम्बर इलकामा मिसाएको भन्दै विरोध प्रर्दशन गरिएको हो।

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा

नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १५ जना कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे उक्त पार्टीले जनाएकाे छ।

ब्राजिललमा नायाँ सरकारविरद्ध विशाल जनप्रर्दशन

राजिजलमा नयाँ सरकारविरद्ध विशाल जनप्रर्दशन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नयाँ राष्ट्रपतिका रुपमा मिचेल टिमरीले कार्यभाल सम्हालेपछि विगत ७ दिनदेखि त्यहाँ सरकार विरोधी प्रर्दशन भइरहेको छ।

इथियोपियामा प्रहरीले प्रर्दशनकारीमाथि गोली चलाउँदा १ सय भन्दा बढीको मृत्यु

इथियोपीयाको उत्तरी शहर बाहिरदारमा सरकार विरोधी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा सय जना भन्दा बढीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साथै सुरक्षाकर्मीले प्रर्दशनमा सहभागी भएको भन्दै दर्जनौं मानिसलाई पक्राउ समेत गरेको छन्।

सुरक्षित बास माग्दै बाढी पीडितको प्रर्दशन

नेपालगन्ज-सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्दै बाँकेका राप्ती बाढी पीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

लक्ष्मणपुर बाँध पीडितको प्रर्दशन

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले उत्पन्न गरेको डुबान, कटान र पटान समस्याको दीर्घकालीन समाधानको माग गर्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रर्दशन गरेका छन्। नेपालगन्जको फुलटेक्राबाट प्रर्दशन सुरु गरेर उनीहरुले सदरलाइन हुँदै जिल्ला प्रशासनको मुलगेटमा केहीबेर धर्ना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्