नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराे खस्दा आज पनि सडक अवरूद्ध
नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा ठुलो पहिरो खस्दा आज पनि सडक अवरुद्ध बन्न पुगेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा ठुलो पहिरो खस्दा आज पनि सडक अवरुद्ध बन्न पुगेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।
हिलाम्मे सडक, अलपत्र यात्रु र फसेको सवारी साधन । धादिङबेसी–सल्यानटार सडक खण्डको बेहाल अवस्था हो यो । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ । प्रिमनसुन सुरु भएका कारण पनि निर्माणाधीन सडकमा पानी परेका बेला सवारी साधन गुड्नै नसक्ने अवस्थामा पुगेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन्।
तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंका सडक बढाउन तत्परता देखाएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन्।
नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ। कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो।
जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाडौं जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन्। लामो समयदेखि सडक बिस्तारको निर्माण भईरहेपनि अझै नसकिएपछी सडकको निरीक्षण गरेर छिटो काम सक्न उनले मंगलबार सडक आयोजनाका प्रमुख तथा प्राबिधिकहरुलाई निर्देशन दिए।
नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।
पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।
हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।
चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो।
शुक्रबार रातिदेखि अवरुद्ध पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन। दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररुपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि सडक अवरुद्ध छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ।
नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।