१० मंसिर २०८१ सोमबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा भित्तो काटिएको ठाउँमा उच्च जोखिम

सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ। साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।

वीरगन्ज-पथलैया सडकखण्ड ६ लेनको बन्दै

देशको प्रमु प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज-पथलैया सडकखण्ड ६ लेनको बन्ने भएको छ। सवारी चापलाई कम गर्ने उद्देश्यका साथ यो सडक खण्ड २० महिनाभित्र ब्यापारिक मार्गको रुपमा विस्तार हुने बताइएको छ।

जनकपुर– भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द

जनकपुर–भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द गरिएको छ । वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सो सडकखण्ड मर्मतसम्भार गर्न सम्बन्धित निकायबाट पहल नभएको भन्दै उक्त रुटमा बस सेवा बन्द गरिएको हो । जीर्ण सडकको कारण सो सडकमा बस चल्ने अवस्था नरहेको, पटक–पटक दुर्घटना हुने गरेको कारण सेवा बन्द गर्नुपरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्