११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कांग्रेस नेता परियारको निधन

नेपाल दलित संघका केन्द्रीय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधि भरत परियारको निधन भएको छ । उनकाे साेमबार राति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट पीडित थिए ।

साहित्यकार पहारीको निधन

वगनाशकाली-२ पोखराथोकका साहित्यकार कृष्ण पहारीको निधन भएको छ । ब्रेन ट्युमर रोगका कारण पहारीको शुक्रबार राति ११ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निरज बोराको निधन

अभिनेता, लेखक तथा निर्देशक नीरज बोराको बिहीबार मुम्बईमा निधन भएको छ । बोरा सन् २०१६ को अक्टोबरदेखि  मस्तिष्कघातका कारण कोमामा थिए ।  नीरजले ‘फिर हेराफेरि’ र ‘खिलाडी ४२०’को निर्देशन गरेका थिए भने ‘अकेले हम अकेले तुम’, ‘बादशाह’, ‘आवारा पागल दिवाना’, ‘अजनबी’ आदि फिल्ममा लेखकको जिम्मेवारी सम्हालेका थिए ।

कुश्ती खेलाडी यादवको निधन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ।

अभिनेता शशि कुपुरको निधन

भारतका चर्चित चलचित्र अभिनेता, निर्माता तथा निर्देशक शशि कपुरको निधन भएको छ। मुम्बईको कोकिलावेन अस्पतालमा सोमबार साँझ पाँच बजेर २० मिनेटको समयमा उनको निधन भएको थियो। ७९ वर्षका कपुर केही समयदेखि विरामी थिए।

मन्त्री मण्डलका अंगरक्षकको हृदयघातका कारण निधन

बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा शोक व्यक्त

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति भारतीय विदेशमन्त्री सुषमा स्वराजले  शोक व्यक्त गरेकी छन्।

प्रकाश दाहालको निधनमा कसले के भने?

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्। ‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छुु',देउवाले भनेका छन्।

दलहरुद्वारा चितवनमा चुनाबी कार्यक्रम स्थगित

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा प्रकाशको निधनप्रति श्रदाञ्जली अर्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्। उनले ट्विटमार्फत् श्रदाञ्जली अर्पण गरेका हुन्।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो

एम्बुलेन्स दुर्घटनामा चालकको निधन

तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ।

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको महाराजगञ्ज कपनमार्गस्थित निवासमा निधन भएको हो ।

भकारी फोर आन्दोलनका नेता गुरुङको निधन

‘भकारी फोर’ आन्दोलनका नेता हिराबहादुर गुरुङको निधन भएको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान अन्दोलनका नेता गुरुङको उपचारकाक्रममा वीर अस्पताल काठ्माण्डौंमा निधन भएको हो । जनतालाई शोषण गरेको भन्दै पञ्चायतकालिन सामन्तको ‘भकारी फोर’ आन्दोलनको अगुवाइ गरेका ७५ वर्षीय गुरुङको दम रोगका कारण निधन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्