पाल्पा – नेपाल दलित संघका केन्द्रीय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधि भरत परियारको निधन भएको छ । उनकाे साेमबार राति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट पीडित थिए ।
उनको पार्थिव शरीरमा कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिए ।
प्रकाशित: ४ पुस २०७४ ०६:२५ मंगलबार