२३ असार २०८१ आइतबार
image/svg+xml

लिटिल एन्जल्स कराते हुँदै

दोस्रो लिटिल एन्जल्स (एलए) अन्तरविद्यालय कराते प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लिटिल एन्जल्स स्कुलको आयोजनामा हुन लागेको प्रतियोगितामा एकल कातासहित ब्वाइजमा १३ र गल्र्समा १२ गरी कुल २५ स्पर्धामा खेलाडीले सहभागिता जनाउँदै छन्। हात्तीवनस्थित एलए परिसरमा हुने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट २ सय खेलाडीले सहभागिता रहने आयोजकले जनाएको छ ।

बक्सिङ र करातेका ग्लोभ्स वितरण

निवर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार बक्सिङ र कराते संघहरूलाई ग्लोभ्स वितरण गरेका छन्।

करातेमा जारी विवाद समाधान हुने दाबी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले करातेमा थाती रहेको विवाद चाँडै समाप्त हुने दाबी गरेका छन्।

कराते तथा किकबक्सिङमा नेपाल च्याम्पियन

तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।  भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरियो कराते डु मिसन संघका सहभागी २१ खेलाडीले नै पदक जितेका छन् । नेपाली टोली १६ स्वर्ण, ४ रजत र १ कांस्य जिती टिम च्याम्पियन भएको छ ।

कराते प्रतियोगितालाई सम्झनाको साथ

राष्ट्रिय कराते प्रतियोगिताको ५०औं संस्करणलाई ललितपुरको सम्झना ल्याबोरेटरी क्लिनिकले मुख्य प्रायोजकका रूपमा सघाउने भएको छ । नेपाली करातेको इतिहासमा पहिलो पटक प्रतियोगिताका लागि सोमबार नेपाल कराते महासंघ र सम्झना ल्याबोरेटरीबीच मुख्य प्रायोजन सम्झौता भयो ।

कराते खेलाडी राई पुरस्कृत

खोटाङका सितोरियो कराते खेलाडी सञ्जयकुमार राई पुरस्कृत भएका छन् । जिल्लामा सितोरियो करातेको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै टेम्के तुवाचुङ प्रतिष्ठानले सितोरियो खेलाडी राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

करातेकोे अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका ४ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

कराते उठाउन के गर्ने ?

भारतको सिलोङ र गुवाहाटीमा गतवर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराते समावेश नगर्दा नेपाली खेलकुद स्तब्ध भएको थियो। मार्शल आर्ट दक्षिण एसियाली स्तरमा नेपालको पदक सम्भावना भएको खेलमा गनिन्छ। साग इतिहासमा नेपाली करातेले आफूलाई प्रमाणित गरिसकेको छ।

३७ कराते खेलाडी छानिए

इन्चोन एसियाडकी कांस्य जितेकी विमला तामाङसहित ३७ खेलाडी तेस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपलाई शनिबार छनोट भएका छन्। सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २२ देखि २६ सम्म हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

विवादमा जेलिएको करातेलाई ठूलो अवसर

नेपाली खेलकुदको इतिहास नियाल्दा २८ वर्षअघिको सोल ओलम्पिकलाई विशेष चासो साथ हेर्ने गरिन्छ। दक्षिण कोरियाको सोलमा भएको २४ औं ओलम्पिक दुई कारणले महत्वपूर्ण छ नेपाली खेलकुदका लागि।

कराते टोली थाइल्यान्ड जाने

थाइल्यान्डमा हुने ओपन कराते च्याम्पियसिप खेल्न नेपाली टोली सोमबार बैंकक जादैछ। मंगलबार देखी सुरु हुने प्रतियोगितामा १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिता साउन १ गतेसम्म चल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्