काठमाडौं – दोस्रो लिटिल एन्जल्स (एलए) अन्तरविद्यालय कराते प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ ।
लिटिल एन्जल्स स्कुलको आयोजनामा हुन लागेको प्रतियोगितामा एकल कातासहित ब्वाइजमा १३ र गल्र्समा १२ गरी कुल २५ स्पर्धामा खेलाडीले सहभागिता जनाउँदै छन्। हात्तीवनस्थित एलए परिसरमा हुने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट २ सय खेलाडीले सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रकाशित: १० फाल्गुन २०७४ ०३:३६ बिहीबार