१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बंगलादेश भारतको नयाँ क्रिकेट प्रतिद्वन्द्वी

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा बिहीबार बंगलादेशले भारतको सामना गर्दा यसले एसियामा नयाँ क्रिकेट प्रतिद्वन्द्वीको जन्म गराउनेछ। थोरै मात्र बंगलादेशी समर्थकले मासरफ मोर्टाजाको कप्तानीमा रहेको टोलीले अन्तिम ४ को यात्रा तय गर्ने आशा गरेका थिए।

‘देउवा सरकार भारतको इशारामा चलेको छ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको गम्भीर आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गरे ।

भारतीय व्यापारी डेढ करोड ठगेर फरार

सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन्।

भारतीय अभिनेत्री कीर्तिकाको हत्या

टेलिभिजन व्यक्तित्व एवं अभिनेत्री कीर्तिका चौधरीको अँधेरीस्थित चार बंगलो क्षेत्रस्थित निवासमा रहस्मय हत्या भएको छ। उनको कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए।

भारत सेमिफाइनलमा

साबिक विजेता भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार ओपनर शिखर धवन र विराट कोहलीले अर्धशतक प्रहार गरेपछि भारतले महत्वपूर्ण खेलमा जित हासिल गरेको छ।

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ।

जित्नैपर्ने दबाबमा भारत

भारतीय कप्तान विराट कोहलीले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने समूहचरणको अन्तिम खेलमा आफ्नो टोली दबाब चिर्दै अघि बढ्न सक्षम रहेको बताएका छन्।

भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

कुशल मेन्डिसप्रेरित श्रीलंकाले  बिहीबार साबिक विजेता भारतमाथि ७ विकेटको सानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ। ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ८ बल अगावै हासिल गर्‍यो।

परराष्ट्रमन्त्री महरालाई चीन र भारतको बधाई

उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएकोमा कृष्णबहादुर महरालाई भारतीय तथा चिनियाँ समकक्षीले बधाई तथा शुभकामना दिएका छन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन मार्फत र चिनियाँ विदेशमन्त्री वाङ् यीले सन्देश मार्फत बधाई दिएका हुन्।

दुबई र भारतबाट नेपालमा कल बाइपास

प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ। अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले ७ वर्षदेखि कारबाही गर्दै आएको छ।

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ।

मःमः प्रतिबन्ध गर्न भारतमा अभियान

सडकदेखि तारे होटलसम्म पाइने  मःमः मन नपाउने मान्छे दक्षिण एशियामा कमै होलान्। काठमाडौं र नेपालमा त मःमःका पारखीहरु अझ धेरै नै छन्। तर धेरैको प्रिय बनेको मःमःलाई प्रतिबन्ध गर्न भारतमा अभियान सुरु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा मःमः प्रतिबन्धको अभियान जम्मु कस्मिरबाट थालिएको छ।

भारतले तेलबाट चल्ने सवारी बन्द गर्दै

भारतले सन् २०३० सम्ममा पूर्ण रुपमा विद्युतीय सवारीको प्रयोग गर्ने लक्ष्य राखेको छ ।  पेट्रोलिय पदार्थको प्रयोगले वातारण प्रदुषणको दर बढ्दै गएकाले सरकारले यस्तो नीति ल्याउन लागेको उर्जा मन्त्री पीयुष गोयलले बताए।

भारतमा भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ।

सर्लाहीबाट अपहरणमा परेका ७ वर्षे बालक भारतबाट मुक्त

सर्लाहीको बरहथवाबाट अपरणमा परेका ७ वर्षीय बालकलाई सर्लाही प्रहरीले भारतबाट सकुशल अपहरण मुक्त गराएको छ। भारतको बैरगनिया भन्दा पश्चिमबाट भारतीय प्रहरीको सहयोगमा अपरणमा संकलन अपहरणकारी सहित बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादवलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्