१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।

कामधेनु सहकारीको छुर्पी विदेश निर्यात हुने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले उत्पादन गरेका छुर्पी लगायतका दुग्धजन्य वस्तु विदेश निर्यात हुने भएको छ।

महासंघद्वारा कानुन संशोधनको स्वागत

सरकारले लगानी सम्मेलनको सम्मुखमा लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेकोमा निजी क्षेत्रले स्वागत गरेको छ।

युक्रेनले युद्धका लागि आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने भएको छ। सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको यूक्रेनले बताएको छ।

लेक लागेर बिरामी परेका चार विदेशी पर्यटकको उद्धार

विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ।

गरिब देशलाई बेवास्ता किन ?

चरम गरिबीमा बाँच्न बाध्य विश्वका कुल जनसंख्याको ७० प्रतिशत हिस्सा यिनै देशले लिएका छन्। भोकमरी र कुपोषणको जोखिममा रहेका ९० प्रतिशत जनसंख्या यिनै देशमा छन्।

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।

विदेशी श्रम बजारले युवालाई किन बोलाउँछ?

मुलुकमा वैदेशिक रोजगारी युवा बेरोजगारीको एक मात्र विकल्प बन्न पुगेको छ। त्यसैकारण दक्ष, अर्धदक्ष र अदक्ष सबै किसिमको जनशक्तिको एक मात्र गन्तव्य विदेश बनेको छ।

आयल निगमको योजना रासायनिक मल कारखाना

लामो समयदेखि मल कारखाना स्थापना गर्ने विषयमा चर्चा हुँदै आए पनि मूर्तरूप पाउन नसकिरहेको अवस्थामा आयल निगमले अग्रसरता देखाएको हो।

बिक्री कर कि मूल्य अभिवृद्धि कर ?

देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।

अधिकृत वारेसनामामा मनपरी शुल्क नलिन आदेश

विदेशमा रहेका नागरिकलाई सेवा दिन अधिकृत वारेसनामा पारित गर्दा कानुनविपरीत मनपरी ढंगले शुल्क लिन नपाइने भन्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि, १८७२ अर्ब ८२ करोड पुग्यो

चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिना विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ।

जीवनको सहारा बन्दै व्यावसायिक च्याउखेती

पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं. ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छिन्। व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बताइन्।

वीरकै विजोग

सरकारी अस्पतालमा बिरामीको भिड छिचोलिनसक्नु छ तर पालो आउन महिनौँ लाग्छ। यसरी पालो आउन धेरै समय लागेपछि कि बिरामी नै बितिसक्ने सम्भावना हुन्छ कि त उपचारका लागि ल्याएको खर्च सकिएर रोगैसहित जहाँबाट आएको हो उहीँ फर्किनुपर्ने बाध्यता हुन्छ।

ठमेलमा विदेशी पर्यटकले मनाए होली

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्