१० भाद्र २०८३ बुधबार
image/svg+xml

बाढीले बगाएका सामग्री टिप्न त्रिशूली किनारमा जोखिम मोल्दै स्थानीय

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका काठ, दाउरा, ग्यास तथा अन्य सामग्री संकलन गर्न त्रिशूली नदी किनारमा स्थानीय बासिन्दाले ज्यान नै जोखिममा पार्न थालेका छन्।

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ।

सवा ९ मा बेत्रावती पुगेको बस सम्पर्कमा छैन

धादिङबाट रसुवाको गोसाइँकुण्डतर्फ गएको एक यात्रुबाहक बस बेत्रावती पुगेपछि सम्पर्कविहीन भएको भन्दै आफन्त तथा स्थानीयले खोजीका लागि अपिल गरेका छन्।

भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

भोटेकोशी बाढी : उद्धारमा जुट्न सभामुखको निर्देशन

सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिए।

बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बगायो, अधिकांश विद्यार्थीको अवस्था अज्ञात

बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचना बगाउनुका साथै कतिपय संरचना पुरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए।

प्रधानमन्त्रीलाई ‘सिध्याइदिन्छु’ भनी धम्की दिने युवक पक्राउ

प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

भोटेकोशीको बाढीको जोखिम बढेपछि सुस्ता गाउँ खाली गराइँदै

नारायणी नदीपारी रहेको सुस्ता गाउँ भोटेकोशी नदीमा आएको भीषण बाढीको सम्भावित प्रभावबाट जोखिममा परेपछि खाली गराउन थालिएको छ।

रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन

रसुवामा आएको बाढीका कारण विदेशी पर्यटक र र नेपाली गरि ३ सय ८४ जना सम्पर्कविहीन भएको पर्यटन बोर्डले बताएको छ। ती मध्ये अधिकांश विदेशी पर्यटक र केही नेपाली सहयोगी रहेको बोर्डले बताएको छ।

प्राकृतिक विपत्तिपछि त्रिशूली बहुमुखी क्याम्पसको एमबीएस परीक्षा स्थगित

त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली, नुवाकोट परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको व्यवस्थापन अध्ययन (एमबीएस) कार्यक्रमअन्तर्गतको परीक्षा स्थगित गरिएको छ।

नयाँ चलचित्र ‘अन्तिम दाउ’ को निर्माण घोषणा

उक्त चलचित्रमा अभिनेत्री तथा डान्सर कविता नेपाली मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, ३६ जना घाइते

बाढीको कारण भूकम्पपछि पहिरो गएर नदी थुनिएको हुन सक्ने सरकारी आकलन रहे पनि विज्ञहरूले हिमपहिरो वा हिमताल विस्फोटको सम्भावनालाई समेत औंल्याएका छन्।

सरकारले भन्यो- ७९ सुरक्षाकर्मी/कर्मचारी सम्पर्कविहीन, ९ शव फेला

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ७९ जना सुरक्षाकर्मी तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएको र हालसम्म ९ जनाको शव फेला परेको सरकारले जनाएको छ।

सरकारले भन्यो- भूकम्पपछिको हिमपहिरोले भोटेकोशीमा बाढी

रसुवाको भोटेकोशी नदीमा भूकम्पका कारण हिमपहिरो खसेर भीषण बाढी आएको सरकारले प्रारम्भिक जानकारी दिएको छ।

बेत्रावती बजार बगरमा परिणत

रसुवाको सीमावर्ती क्षेत्रबाट एक्कासि उर्लिएको भोटेकोशीको भीषण बाढीले नुवाकोटको बेत्रावती बजारलाई बगरमा परिणत गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्