प्रिन्स र रसिलालाई उपाधि
च्याम्पियन भएका प्रिन्स दाहालले नगद १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका नवीन श्रेष्ठले ५५ हजार रूपैयाँमा चित्त बुझाए।
च्याम्पियन भएका प्रिन्स दाहालले नगद १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका नवीन श्रेष्ठले ५५ हजार रूपैयाँमा चित्त बुझाए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।
कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छिन्।
‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।
प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्।
उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले हिजाे अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिंदै छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्व सांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेरनारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।
येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो।
जन कविकेशरी धर्मराज थापाको जन्म घरमा ‘लोकसंस्कृति र लोक जीवन’ बारेमा बहस हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र जन कविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार बहस हुन लागेको हो।